पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
असार १९, २०७६
काठमाडौं – लामो समय सत्ताको नेतृत्व गरेर अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस घाटामा गएको छ ।
तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट देउवालाई पार्टी नेतृत्व सुम्पिँदा आर्थिक वर्ष २०७१/७२ सम्म नेपाली कांग्रेस ६ करोड बढी बचतमा थियो तर देउवा सभापति भएपछि पार्टीको आर्थिक अवस्था खस्किँदै गएको छ ।
देउवा सभापति भएर कार्यकाल सकिनैलाग्दा कांग्रेस पार्टी हाल करीब २ करोड घाटामा डुबेको छ । देउवाको नेतृत्वमा कांग्रेसले निर्वाचन त जितेन नै, उल्टै पार्टी निरन्तर घाटामा डुबेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएपछि प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको कांग्रेस लगातार ४ वर्षदेखि घाटामा डुबेको छ । २०७२ फागुनमा सम्पन्न तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवा सभापति बनेका थिए । देउवा सभापति हुनुअघि २०७२ सालको लेखापरीक्षणले कांग्रेस ६ करोडभन्दा बढी बचतमा रहेको देखाएको थियो ।
महाधिवेशन र त्यसपछिका तीनै तहका चुनावमा करोडौं खर्च भएपछि कांग्रेस हालसम्म घाटाबाट उम्किन सकेको छैन । पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ असारसम्म कांग्रेसको घाटा १ करोड ९४ लाख ३७ हजार २ सय १६ रहेको छ ।
सभापति देउवाले न चुनाव जिताए, उल्टै घाटामा पुर्याए !
आर्थिक वर्ष २०७१/७२ मा कांग्रेसले ८ करोड ११ लाख आम्दानी गरेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । सोही आर्थिक वर्षमा कांग्रेसको कूल खर्च भने जम्मा १ करोड ४७ लाख थियो भने बचत ६ करोड ६४ लाख १८ हजार ७ सय ४९ थियो । २०७० सालको दोस्रो संविधान सभाको चुनावपछि देशभरिमा पहिलो पार्टी बनेको कांग्रेसले २०७० सालको फागुनमा स्व. सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्यो ।
संविधान जारी भएपछि २०७२ असोज २५ गते तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि कांग्रेस सत्ताविमुख बन्यो र प्रतिपक्षीको बेञ्च सम्हाल्यो । यही अवधिमा ६ करोडभन्दा धेरै बचत गर्न सफल कांग्रेसले २०७२ सालको फागुनमा शेरबहादुर देउवाको नेतृत्व पायो । देउवा आएपछि कांग्रेस निरन्तर घाटामा छ । प्रतिवेदनले कांग्रेस महाधिवेशनमा मात्र ४ करोड ३२ लाख खर्च गरेको उल्लेख गरेको छ भने भूकम्प पीडितलाई राहत वितरण गर्न १ करोड ८१ लाख खर्च गरेको देखाएको छ । त्यसपछि कुनै बेला ६ करोड बचत रहेको कांग्रेस अढाई करोड घाटामा फस्यो ।
जिताउन नसकेको त्यो चुनावको घाटा
२०७४ सालको वैशाखबाट शुरू भएको स्थानीय तहको चुनाव ३ चरणमा सम्पन्न भएको थियो भने प्रादेशिक र संघीय संसदको निर्वाचन २ चरणमा सम्पन्न भएको थियो । लेखापरीक्षण प्रतिवेदनका अनुसार चुनाव खर्चका रूपमा कांग्रेसले जम्माजम्मी ६ करोड ७६ लाख खर्च गरेको छ ।
निर्वाचनमा भएको दलगत खर्चको विवरण हामीले निर्वाचन आयोगबाट पनि लिन खोजेका थियौं । निर्वाचन आयोगका उपन्यायाधिवक्ता तथा राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख रुद्रप्रसाद सुवेदीले निर्वाचन आयोगमा रहेको दलगत खर्चको विवरण अहिले उपलब्ध नभएको जानकारी दिए ।
‘सत्तामा पुगेपछि पार्टीलाई बिर्सने रोग कांग्रेसको पुरानो हो, नेता मोटाउने र पार्टी दुब्लाउने काम भइरहेको छ,’ एक पूर्व केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
चल्नै नसक्ने गरी घाटामा छैनौं : मुख्यसचिव पौडेल
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले कांग्रेससँग जगेडा कोष रहेकाले घाटामा डुबेको भन्न नमिल्ने तर्क गरे । ‘लेखापरीक्षण प्रतिवेदनले कांग्रेस घाटामा रहेको देखाएपनि कांग्रेससँग जगेडा कोष छ, हामी चल्नै नसक्ने गरेर घाटामा डुबेका छैनौं,’ पौडेलले भने, ‘कांग्रेस पारदर्शी पार्टी भएकाले आर्थिक रूपमा कमजोर छैन ।’
हरेक दिनको प्रशासनिक खर्च आफैंले अद्यावधिक गर्ने पौडेलले बताए । ‘दैनिक खर्चमा कहीँकतै अपारदर्शिता भेटिएमा त्यो स्वीकृत हुँदैन,’ पौडेलले लोकान्तरसँग भने, ‘पार्टीको कार्यतालिका अनुसार हामीले प्रत्येक महिनाको अनुमानित खर्च निकाल्छौं र त्यही अनुसारको ‘पेट्टी क्याश’को व्यवस्था गर्छौं । चन्दादाताहरूले दिएको रकम पनि हाम्रोमा उत्तिकै पारदर्शी छ ।’
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...