मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सहकार्य

काठमाडौं- मुक्तिनाथ विकास बैंक लि र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरूलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लिका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे । 


Advertisement

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डबाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र ६ लाख ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सुविधाका साथै देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्