×

NMB BANK
NIC ASIA

१९ औं कमैया मुक्ति दिवस : मन्त्री अर्यालले ढाँटिन्, साढे ६ सय अझै पुनर्स्थापित भएनन्

साउन २, २०७६

NTC
Premier Steels

धनगढी- गत वैशाख ९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनगढीमा भव्य भोजभतेर गरेर आव २०७५/७६ भित्रै मुक्तकमैया पुनर्स्थापना सम्पन्न गर्ने ढोल पिट्यो । मन्त्री पदमा कुमारी अर्यालले बाहुबलका साथ चालू आर्थिक वर्षभित्रै मुक्तकमैया र मुक्तहलिया पुनर्स्थापना गर्ने अड्डी कसिन् । तर मन्त्री अर्यालको सो भनाई आर्थिक वर्ष सकिएसँगै मिथ्या सावित भयो ।

Muktinath Bank

बिहीवार मुक्त कमैयाहरूले कैलालीसहितका जिल्लामा विभिन्न कार्यक्रम गरी १९ औं मुक्ति दिवस मनाए । पुनर्स्थापना भएका र पुनर्स्थापना हुन बाँकी मुक्तकमैयाहरूले एकै थलोमा एक आपसमा सुख, दुःख सटासाट गरे । विगत सम्झे । सरकारी रवैयाप्रति तिक्तता पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीको प्रमुख अतिथ्यमा भएको मुक्ति दिवस कार्यक्रममा अधिवक्ता जोहारीलाल चौधरीद्वारा प्रस्तुत सरकारी तथा गैरसरकारी संघ संस्थाको तथ्यांक अनुसार हालसम्म ६ सय ४७ जना मुक्तकमैया पुनर्स्थापना हुन बाँकी देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

कैलाली जिल्लामा मात्रै ३ सय ८० जनालाई पुनर्स्थापना गर्न बाँकी देखिएको हो । ८ हजार ९ सय १० मुक्तकमैया रहेकोमा ८ हजार ५ सय ३० जना पुनर्स्थापना भइसकेका छन् । १ हजार जनालाई सट्टा भर्ना गर्न बाँकी रहेको र ३ हजार जना छुट मुक्तकमैया रहेको जनाइएको छ ।

Vianet communication

७ सय ५ जना मुक्तकमैया रहेको दाङ जिल्लास्थित ६ सय ५५ जना पुनर्स्थापना भइसकेका छन् भने ५० जनालाई पुनर्स्थापना गर्न बाँकी देखिएको छ । बाँके जिल्लामा १ हजार ९ सय २१ जना मुक्तकमैया रहेकोमा १ सय ५० जनालाई अझै पुनर्स्थापना गर्न बाँकी रहेको छ ।

बर्दियामा ११ हजार ५ सय ५१ जना मुक्तकमैया रहेकोमा ५० जनालाई पुनर्स्थापना गर्न बाँकी रहेको छ भने ४ हजार ४ सय १८ जना मुक्तकमैया रहेको कञ्चनपुर जिल्लामा अझै १७ जनालाई गरी हालसम्म ६ सय ४७ जनालाई पुनर्स्थापना गर्न बाँकी रहेको सो कार्यपत्रमा उल्लेख छ ।

सरकारले मुक्तकमैया पुनर्स्थापना कार्यक्रम अन्तरगत जग्गा खरिद अनुदानबापत प्रति कमैया २ लाख, काठ खरिद बापत १ लाख र घर निर्माण बापत ५५ हजार रुपैया दिदै आएको छ ।

हालसम्म ४ हजार ७ सय ५० जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान रकम पाउन बाँकी देखिएको छ । कैलालीमा १ हजार २ सय ७९ जना, कञ्चनपुरमा ५ सय ९४ जना र बर्दियामा २ हजार ८ सय ७७ जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान लिन बाँकी देखिएको छ ।

पुस्तौंदेखि बाँधुवा मजदुरसरह जीवन बिताउदै आएका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित हजारौं–हजार मुक्तकमैयाहरूलाई राज्यले आजकै दिेन मुक्त घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको २०५७ सालको प्रधानमन्त्री कालमा भूमिसुधार तथा व्यवस्था मन्त्री सिद्धराज ओझाले साउन २ गते प्रतिनिधि सभामा एक वक्तव्य जारी गर्दै मुक्तिको घोषणा गरेका हुन् ।

पुनर्स्थापनाको आशैमा मरिने भो!'

मुक्त भएको १९ औं वर्षगाँठ मनाइरहँदा समेत पुनर्स्थापना नभएका मुक्तकमैयाहरूले राज्यले आफूलाई वेवास्ता गरेको दुखेसो सुनाएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुरझन्नाका ७६ वर्षिय प्रकाश चौधरीले पुनर्स्थापनाको आशमा १३ वर्षदेखि स्थानीय सामुदायिक वनको जग्गामा झुपडी बनाएर बस्दै आएको बताए ।

धनगढी बोराडाँडीका जमिनदार लक्ष्मीराज पन्तको घरसहित गरी १९ वर्ष कमैया बसेको बताउने उनी सरकारी पुनर्स्थापना गर्न ढिलाइ भएकाले विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएको पीडा पोखे । उनले अगाडी भने, ‘आधा जवानी जमिन्दारको घरमा बित्यो । आधा जीवन पुनर्स्थापनाको आशैमा बित्दैछ । आशै–आशमा मरिने भो ।’

धनगढी उपमहानगरपालिका–१ वसन्त टोलकी मुक्तकमैया लक्ष्मी चौधरीले हालसम्म परिचयपत्रसहित पुनर्स्थापना नगरिँदा बास, गाँस र कपासमा समस्या भएको दुखेसो सुनाइन् । एकल महिला समेत रहेकी लक्ष्मीले छिटो भन्दा छिटो आफूहरूको व्यवस्थापन गरिदिन माग गरिन् ।  

पढ्नुहोस् यो पनि -

https://lokaantar.com/samachar/74881

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x