बाँदरले खोस्यो महिलाको शल अनि त्यही शल ओढेर नक्कल उतार्‍यो (भिडियो)

काठमाडौं – भारतको दार्जीलिङमा एक बाँदरले स्टेसनरी पसलमा बसिरहेकी महिलाको शल खोसेर आफैं त्यो शल टाउको र काँधमा राखेको छ । 

घटनाको भिडियोमा बाँदर एक महिलासँगै पसलभित्र बसेको देखिन्छ । 


Advertisement

उसले शल तान्छ अनि महिलाले शल समातिरहन कोशिश गर्छिन् । 

बाँदरले शल खोसेको दृश्य देखेर मानिस हाँस्छन् । 


Advertisement

बाँदरबाट टाढा जान खोज्दै सीटबाट उठेपछि महिलाले उसलाई शल दिन खोज्छिन् । 

बाँदरले शल लिएर महिलाले जस्तै आफूमा बेरेको देख्दा मानिस हाँस्छन् । 

उसले महिलाको नक्कल उतार्ने क्रममा गोडा पनि बाँध्छ र गफ समेत गरेको जस्तो गर्छ ।

उनी बाँदरबाट टाढा जान खोज्दा बाँदर पनि सँगै जान्छ र उनी बसेकै ठाउँमा गएर बस्छ । 

पसले महिला बनेको बाँदरको तस्वीर र भिडियो अन्य पसले र ग्राहकले खिचेका हुन् । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्