कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
डडेल्धुरा-समायोजनपछि चिकित्सक काममा नआउदा डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव देखिएको छ । अस्पतालको हालको सेवा सुविधा सञ्चालन गर्न नियमित १५ चिकित्सक आवश्यक पर्ने भए पनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेको अस्पताल स्रोतले जनाएको छ ।
ती १२ चिकित्सक मध्ये आठ मेडिकल अधिकृत समायोजन भएर अन्यत्र गएपछि अस्पतालमा चिकित्सक न्यून हुँदा बिरामीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि डडेल्धुरा पुगेका विरामी पनि पुनः तराईका जिल्ला धाउनुपर्ने बाध्यता रहेको उपचार गर्न धनगढी गएका बिरामी रमेश भण्डारीले बताउनुभयो ।
अस्पतालका १२ मेडिकल अधिकृत मध्ये आठ जना स्थानीय र प्रदेश सरकारमा समायोजन भएर गएको अस्पताले जनाएको छ । एक चिकित्सक एक महीनाको काज बिदामा रहेकाले अहिले अस्पतालमा तीन चिकित्सक मात्रै रहेको निमित्त मेडिकल सुपरिटेण्डेड डा जितेन्द्र कँडेलले बताउनुभयो ।
समायोजन भएर चिकित्सक नआउदा बिरामीको उपचार गर्नका लागि समस्या भइरहेको डडेल्धुरा अस्पतालका डा कँडेलले बताउनुभयो । यो समयमा अस्पतालमा मौसमी बिरामीको चाप पनि धेरै रहेको उहाँको भनाइ थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रका रुपमा यो अस्पताल रहेको छ । अस्पतालमा हाल दैनिक दुईतीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । दाँत, हड्डी, पत्थरी, पेटसम्बन्धी र सुत्केरी हुन आउनेलाई बढी समस्या हुने गरेको बताइएको छ ।
सरकारले डडेल्धुरा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गर्नुभयो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...