जेठ १३, २०७९
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित म...
धनगढी | भदौ ५, २०७६
धनगढी – सुदूरपश्चिम प्रदेश सभाले सांसदलाई धमाधम ल्यापटप वितरण गरिरहेको छ ।
ल्यापटप खरिदको विरोधमा रहेका देखिएका सांसद नै अन्ततः चुपचाप ल्यापटप बुझिरहेका छन् ।
आफूहरूसँग सल्लाह नै नगरी राज्यलाई व्ययभार हुने गरी ल्यापटप खरिदको भन्दै चर्को विरोधमा उत्रेका सत्ता र प्रतिपक्षका सांसदले चुपचाप ल्यापटप बुझिरहेको पाइएको हो ।
प्रदेशसभा सचिवालयले गत आव २०७५/७६ मा प्रदेशसभा सदस्यका लागि प्रति ल्यापटप ६० हजार २९९ रुपैयाँ पर्ने गरी खरिद गरेको थियो ।
मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख र ४५ जना प्रदेशसभा सदस्यका लागि लेनोभो ब्राण्डको ल्यापटप खरिद गरिएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले हालसम्म सत्ता र प्रतिपक्षका गरी ३२ जना सांसदले ल्यापपट बुझिसकेको र १३ जनाले बुझ्न बाँकी रहेको जानकारी दिए । ‘सबै दिइएको सेवासुविधा माननीय ज्यूहरूले बुझिरहनुभएको छ । कोही जिल्ला बाहिर रहनुभएकाले बुझ्नुभएको छैन,’ उनले भने ।
सचिवालयका अनुसार हाल नेपाली कांग्रेसका ७ जना सांसद र सत्ता पक्षका ६ जनाले ल्यापटप लिन बाँकी रहेको छ भने राष्ट्रिय जनता पार्टीका दुवै जना सांसदले बुझिसकेका छन् ।
संसद सचिवालय ल्यापटप खरिद प्रक्रिया अगाडि बढाउँदा खासगरी केही सत्ता पक्षका र प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसद विरोधमा उत्रिनुका साथै नबुझ्ने अडानमा पुगेका थिए तर हाल सबैले बुझ्न थालेका हुन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले सचिवालयले आफूहरूसँग सल्लाह नै नगरी राज्यको भार थपिने गरी आफूहरूको लागि ल्यापटप खरिद गरेकाले विमति जनाएको र प्रतिपक्षले नलिने निर्णयमा पुगेको बताए तर प्रविधिको विरोधी भने आफूहरू नरहेको उनको भनाई थियो ।
ल्यापटप नलिने अडानबीच फेरि किन त्यही ल्यापटप बुझ्न थाल्नुभयो भन्ने जिज्ञासामा नेता रावलले भने, ‘प्रविधिसँग जोडिएको ल्यापटप त हामी आफैं पनि खरिद गर्न सक्छौं नि ! हामीले प्रविधिको विरोध गरेका होइनौं । व्ययभार थपिने प्रवृत्तिको विरोध गरेका हौं । साथीहरूले बुझ्नुभएको होला, त्यो उहाँहरूको कुरा हो तर मैले अझै बुझेको छैन ।’
राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाले सबैले आफ्नो निर्णयमा अडिग रहन नसकेपछि अन्ततः आफूले पनि ल्यापटप बुझेको प्रतिक्रिया दिइन् । ‘कांग्रेसका साथीहरू निर्णयमा अडिग रहन सक्नुभएन । हामी २ जनाले बुझ्नु र नबुझ्नुमा सरकारलाई केही फरक पार्ने थिएन । पछि दिएको सेवा लिएका हौं ।’
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन् । जसमध्ये १ राज्यमन्त्रीसहित ८ जना मन्त्रीले मन्त्रालयबाट ल्यापटप पाएका छन् । बाँकी सांसदको लागि सचिवालयले खरिद गरेको हो ।
पेपरलेसको बाटोमा संसद
प्रदेशसभा सचिवालयले संघीय संसदझैं प्रदेश सभालाई पनि पेपरलेस बनाउने रणनीतिका साथ लागेको जनाएको छ । सचिवालयका सचिव धामीले प्रविधिको प्रयोगको लागि दिइएको ल्यापटप सो अनुुसार प्रयोगको लागि सबैले उत्तिकै निगरानी बढाउन जरुरी रहेको बताए ।
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित म...
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तरोन्नति ...
काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...
स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्धभत्ता अब घरघरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धालाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घरघरमै पुगेर वि...
राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रवार जारी गर...
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेक...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...