क्रेनमा एक हातले झुण्डिएर चटक देखाए यी व्यक्तिले (भिडियो)

काठमाडौं – पेरिसमा एकजना किशोरले एउटा क्रेनबाट एक हातले झुण्डिएर भिडियो खिचाएका छन् । 

याडम लकवूड नामक ती किशोरले रोमाञ्चकारी काम गरेर पेरिसको सबभन्दा अग्लो भवन टूर आल्टो र साइन नदीको दृश्य देख्न पाए । 


Advertisement

लकवूड अग्ला भवन, क्रेन र पुलहरूमा विगत तीन वर्षदेखि चढ्ने गर्छन् र उनलाई यो स्टन्ट गर्न डर नलागेको बताए । 

भिडियोमा लकवूड निर्माणाधीन भवनमा हिँडेको र पुल हुँदै क्रेनमा पुगेको देखिन्छ । 

उनी रातो क्रेनमा एउटा भर्‍याङ चढेर पुग्छन् । 

शर्ट खोलेका लकवूडले क्रेनमा एक हातले झुण्डेको अनि फेरि माथि पुगेको देखिन्छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्