चित्तलसहित मोटरसाइकल बरामद

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी - कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पर्ने शिबशंकर सामुदायिक वनमा शुक्रबार शिकारीले शिकार गरेको चित्तल सहित मोटरसाईकल बरामद गरिएको छ ।

सामुदायिक वनको भागवानपुर क्षेत्रमा राती २ बजेको समयमा बन्दुक चलेको आवाज आएपछि सामुदायिक वनका पदाधिकारीहरुले शिकारीलाई पछाउदै जाँदा चित्तल र मोटरसाईकल छोडेर शिकारी भागेको जनाइएको छ ।


Advertisement

शिकारीले मारेको चित्तलको पाठो करिब १ बर्ष उमेरको हुन सक्ने अनुमान गरिएको छ । ३ फिट लम्बाई र २ फिट उचाइ भएको सो चित्तललाई सव डिभिजन वन कार्यालय मसुरीयाको परिसरमा स्थानीय भद्रभलादमी जनप्रतिनिधि र पत्रकारको रोहवरमा गाडिएको छ ।

शिकारीले प्रयोग गरेको मोटरसाईकल दुई नम्बरी भएको खुलेको सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सचितानन्द सिंहले बताए ।

सो पल्सर मोटरसाईकलमा भएको नम्बर अन्य व्यत्तिको भएको यातायात कार्यालय धनगढीले जानकारी दिएको उल्लेख गदै सिंहले भने प्रहरीको सहयोग लिएर अनुसनधान गरिने बताए । पछिल्लो समय कैलालीका वनमा चोरी शिकार मौलाउँदै गएको छ ।

तर नियन्त्रणमा सम्बन्धित निकायले तदारुकता देखाउन नसकेको स्थानीयको गुनासो छ ।

कमेन्ट गर्नुहोस्