सलमानको 'किक २' आगामी ईदमा नआउने

एजेन्सी- बलिउड अभिनेता सलमान खान आफ्नो भूमिका र फिल्मका कारण चर्चामा आउँछन् । केही दिनअघि मात्र उनको 'भारत' फिल्मले धमाल मच्चाएको थियो ।

मानिसहरूले आगामी ईदमा सलमानको सुपरहिट फिल्म 'किक'को सीक्वेल 'किक २' रिलिज हुने अनुमान गरिरहेका छन् । फिल्मलाई साजिद नाडियाडवालाले निर्देशन र निर्माण गर्दैछन् । यसबारे फिल्मका निर्माताले आफ्नो कुरा राखेका छन् । मुम्बईमा आयोजित एक इवेन्टमा बोल्दै साजिदले अहिले फिल्मको कथा लेख्न शुरू भएको बताएका छन् । यसकारण फिल्म ईदमा रिलिज हुन सक्दैन । 


Advertisement

कसैको नाम नलिई साजिदले भने, 'म उहाँको घर गएको थिएँ । जहाँ उहाँले सोध्नुभयो कि फिल्म शुरू गर्नका लागि तपाईं कत्तिको तयार हुनुहुन्छ ? अनि मैले भने कि स्क्रिप्टको ड्राफ्ट लेखिरहेको छु । यसलाई दोस्रो पटक लेख्नका लागि ३-६ महिनासम्म लाग्छ । यसकारण ईदसम्ममा स्क्रिप्ट लेखन कार्य सकिन्छ ।'


Advertisement

सलमान खानको फिल्म 'दबंग ३'को शूटिङ पूरा भइसकेको छ । यही क्रिसमसमा फिल्म रिलिज हुन सक्ने बताइएको छ । 

कमेन्ट गर्नुहोस्