साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले बुधवार अदालतमा मुद्दा दायर गरेपछि ४ जना अभियुक्तको बयान भएको थियो भने बिहीवार अन्यको बयान भइरहेको छ ।
अभियुक्तको बयान सकिएपछि थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता नुमराज खनालले बताए ।
अभियुक्तलाई आपराधिक लाभमा मुलुकी अपराध संहिताको दफा २५३(३)(क) र सांगठनिक निवारण ऐन–२०७० दफा (९)(क) बमोजिम सजाय होस् भनी माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए ।
दफामा उल्लेख छ, ‘आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्याउने डर वा त्रास देखाएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना ।’ अभियुक्त नरेश थापालाई आपराधिक लाभ अभियोगमा सजाय गर्न सरकारी वकिल कार्यालयले मागदाबी गरेको छ ।
आरोप अदालतबाट प्रमाणित भएमा गृहमन्त्रीका भाइ नरेशलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनमा उल्लेख छ ।
नरेशसँगै काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगरसहित ९ जनालाई अभियुक्त बनाइएको छ ।
अभियुक्तमध्ये समिरमान सिंह बस्नेत र मानबहादुर पुन जेलमा सजाय भुक्तान गरिरहेका छन । अन्य ६ जनालाई अदालतमा उपस्थित गराइएको छ ।
अभियुक्तले निर्माण व्यवसायीलाई फोनबाट धम्क्याउने, ठेक्काको ३ प्रतिशत पैसा माग्ने र नदिएमा अपहरण गर्छु, ज्यान मार्छु भन्दै आएको प्रहरीले जनाएको छ ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...