×

NMB BANK
NIC ASIA

रिमिक्सको जमाना तर पुरानैको स्वाद मीठो !

कात्तिक २०, २०७४

NTC
Premier Steels
असारै महिनामा पानी पर्‍यो रुझाउनी
एक्लो यो मेरो मन कसरी बुझाउनी

छुजाङ डुक्पाले स्वर दिएको यो गीत नसुन्ने नेपाली शायदै होलान् । आफ्नो जीवनकालमा जम्मा एउटा मात्र गीत गाएका डुक्पाको यो गीतले नेपाली श्रोतामाझ उनलाई अमर बनायो ।

उनी अहिले हामीमाझ छैनन् । तर उनको गीत अझै पनि बजिरहेकै छ । बरू यो गीतका गायक डुक्पा हुन् र शब्द तथा संगीत तुलसी गजेमरको हो भनेर कमैलाई थाहा छ । पछि यो गीत प्रशान्त तामाङले गाए ।

धेरैले यो गीतलाई इन्डियन आइडल प्रशान्त तामाङको आफ्नै हो भनेर बुझ्छन् । कमैलाई मात्र यो रिमिक्स गरिएको गीत हो भन्ने कुराको हेक्का हुन्छ ।

पछिल्लो समयमा पुराना गीतलाई रिमिक्स गरेर नयाँ स्वरूपमा सांगीतिक बजारमा ल्याउने प्रचलन बढेको छ । पश्चिमेली बाजागाजा थपेर रिमिक्स गर्ने चलन बढ्दा नेपाली संगीतलाई प्रभाव परेको छ ।

कतिपय गीत भने रिमिक्स गरेपछि मात्र चर्चामा आए । ‘बेनीको बजार किरेमिरे जाले रुमाल’ बोलको गीत पनि रिमिक्स भएर आएको छ । मनकुमारी छन्तेलले गाएको गीत लक्ष्मण पौडेल र कल्पना देवकोटाले रिमिक्स गरेर ल्याएका छन् । ‘आँधीखोला उर्लेर आयो’ नामको गीत पनि रिमिक्स भएको छ ।

उसो त कतिपय गायक आफैंले पनि गीतलाई रिमिक्स र रिमेक गरेर ल्याउने प्रचलन पनि बढेको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीले आफ्नो पुरानो गीत ‘खोलापारि निरमाया वारि म रुनी’ लाई रिमेक गरेर ल्याएका छन् ।

पछिल्लो समय लोकगीतमा बढ्दै गएको रिमिक्स प्रवृत्तिलाई धेरैजसो गायकले सकारात्मक रूपमा लिएका छन् । लामो समयदेखि गीत संगीतलाई आफ्नो कर्म बनाएका गायक तथा संगीतकार इन्द्र जीसी रिमिक्सलाई समयअनुसारको मागका रूपमा बुझ्छन् ।

‘समयअनुसार फेरबदल त हुने नै भयो तर नयाँ गीत सृजना गर्नुको साटो पुराना गीतलाई रिमिक्स गर्ने प्रवृत्ति बढेको छ,’ जिसी भन्छन्, ‘यसलाई नराम्रो भन्न खोजेको होइन तर नयाँ गीतका लागि समय र सृजना दिँदा गीत संगीतको स्तरीयता बढ्ने थियो ।’

‘राम्दी पुल तरने बित्तिकै...’ लगायतका दर्जनौं चर्चित गीत गाएका लोकगायक नारायण रायमाझीले आफ्ना पुराना गीतलाई रिरेर्कड नै गर्न लागेका छन् ।

‘मेरा केही गीतलाई मैले पुनः रेकर्ड गर्न लागेको हुँ । रिमिक्स होइन,’ रायमाझी थप्छन्, ‘हाम्रा आफ्नै बाजाको माध्यमबाट डिजिटलाज्ड गर्न मात्र खोजेको हो । रिमिक्स गरेर पुराना ढाँचा नै बिगार्न खोजेको भने होइन ।’
रिमिक्सको नाममा नेपाली लोक संगीतमा पश्चिमी बाजालाई नचाहिँदो तरिकाले मिसाएर गीतको ढाँचा नै बिगार्ने प्रवृत्तिप्रति भने रायमाझी पनि सहमत छैनन् ।

कतिपय नवकलाकारले भने गीतका सर्जकसँग समेत अनुमति नलिई गीत रिमिक्स गरेको पाइन्छ ।

गायक दुर्गा रायमाझी पनि रिमिक्सलाई सामान्य रूपमा लिन्छन् । ‘हामीकहाँ दुई खालको रिमिक्सको चलन आएको छ । ओरिजिनल गीतलाई रिमिक्स गरेर अझै राम्रो बनाउन खोजिएको छ, त्यो राम्रो हो,’ रायमाझी औंल्याउँछन्, ‘मनपरी बाजागाजाको प्रयोग गरेर गीतलाई नै बिगारेर गर्न खोज्नु राम्रो होइन ।’

स्रष्टाको चाहनाअनुसार केही नयाँपनको प्रयोग गर्न खोज्नु चाहिँ समयको माग भएको रायमाझी बताउँछन् । उनी पनि आफ्ना केही गीतलाई पुनः रेकर्ड गर्ने सोचमा छन् ।

आफैंमा रिमिक्सजस्ता गीतका सर्जक मिलन लामा रिमिक्सको नयाँ स्वादसँग त्यति सकारात्मक हुन सकेका छैनन् । गीतमा नयाँ प्रयोग खोजिनु उनलाई स्वाभाविकै लाग्छ ।

‘रिमिक्सको नाममा गीतमा विकृति आयो । बढी आधुनिकता मिसियो,’ उनी थप्छन्, ‘हाम्रै बाजा छ । दमाहा छ । तिनै बाजाको नयाँ प्रयोगबाट हामीले गीत रिमिक्स गर्न सक्छौं ।’आधुनिक बाजाको अधिक प्रयोग भएको लामाको तर्क छ ।

पुराना गीतको मर्ममा अन्याय नहुने गरी नयाँ स्वरूपमा निकाल्नु भन्ने पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको माग नै भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x