संविधान दिवसको अवसरमा कामना सेवाको सरसफाई अभियान

काठमाडौं – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनतामाझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालयसहित देशभर रहेका ९९ वटै शाखा कार्यालयमार्फत कामना सेवा सरसफाई अभियान २०७६ सञ्चालन गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्त्व र अपरिहार्यताबारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।  


Advertisement

संविधान दिवस २०७६ को अवसरमा बैंकद्वारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गोली प्रतियोगिता समेत आयोजना गरिएको थियो । 

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ९९ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकलाई आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


Advertisement

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष सेवा थप गर्दै जाने बैंकको योजना रहेको जनाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्