काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै फोटोशूट गराएकी छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस फोटोशूटका तस्वीरहरू अप्लोड गरेकी छन् ।
बलिउडमा दीपिकाले आफ्नो बेग्लै पहिचान बनाएकी छन् । उनले शानदार प्रदर्शन गरेर सबैको दिलमा राज गरेकी छन् ।
फेशनमा पनि दीपिका अब्बल छिन् । लेटेस्ट फोटोशूटमा उनको फेशनेबल रूप देखिन्छ ।
फोटोशूटमा चकलेटी देखिएकी छन् ।
चकलेट ब्राउन ड्रेस र ओभरकोटमा उनी खुलेकी छन् । कपालमा उनले म्याचिङ हेड ब्यान्ड पनि लगाएकी छन् ।
गलामा गोल्डन चेनले उनको लूकलाई झनै सुन्दर बनाएको छ ।
एजेन्सी
लोकान्तर संवाददाता