×

NMB BANK
NIC ASIA

सिंहदरबारभित्रै पूर्व सांसदको एनजीओ धन्दा, संसद् सचिवालयको बजेट मास्ने फन्दा !

असोज ९, २०७६

NTC
Premier Steels

काठमाडौं– संघीय संसद् सचिवालयले कानून निर्माण प्रक्रियामा संसदलाई सघाउँछ तर त्यहीँ संसद् सचिवालय पूर्व सांसदको एनजीओ धन्दाको फन्दा परेको छ ।

Muktinath Bank

संसद् सचिवालयलाई व्ययभार थपिने गरी पूर्व सांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजीओ)को धन्दा चलाएका छन् । त्यो एनजीओ धन्दामा संसद् सचिवालयले लाखौं बजेट दिने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५७ सालमा पूर्व सांसदले ‘पूर्व सांसद मञ्च नेपाल’ नामक एनजीओ स्थापना गरे । त्यसपछि हालसम्म यो एनजीओले संसद् सचिवालयमार्फत सरकारी बजेटमा गिद्धेदृष्टि लगाउँदै आएको छ । यसैको सिको गर्दै सिंहदरबारभित्र अर्काे एनजीओ थपिएको छ – ‘संविधानसभा सदस्य परिषद्’ ।


Advertisment
Nabil box
Kumari

मञ्चले संसद् सचिवालयबाट औसत वार्षिक ५० लाख रुपैयाँ पाउँदै आएको छ । पूर्व सांसद मञ्च नेपाल र संविधानसभा सदस्य परिषदलाई संसद् सचिवालयले कार्यालय, फर्निचर, कर्मचारी लगायतका सुविधा समेत उपलब्ध गराएको छ ।

Vianet communication

कानून विपरीत एनजीओलाई आर्थिक सहयोग

व्यवस्थापिका–संसद् सचिवालय सम्बन्धी ऐन २०६४ अनुसार सचिवालयले गर्ने कामको सीमाभित्र गैरसरकारी संस्था सञ्चालनको लागि अनुदान वा सहयोग गर्ने व्यवस्था छैन । सिंहदरवारभित्रै कार्यालय स्थापना गरेर सञ्चालनमा रहेका मञ्च र परिषद् एनजीओको ढाँचामा स्थापित र सञ्चालित छन् ।

पूर्व सांसद मञ्च नेपाल आर्थिक वर्ष २०५७/५८ मा गैरसरकारी संस्था सञ्चालन गर्ने कानून अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर स्थापना गरिएको छ । पूर्व सांसद मञ्च नेपालको उपाध्यक्ष गोविन्दबहादुर शाहले संघीय संसद् सचिवालय र कानून मन्त्रालयबाट मञ्चले कार्यालय सञ्चालन सम्बन्धी आवश्यक खर्च लिइरहेको छ ।

‘हामीलाई संसद् सचिवालयले नायव सुब्बा र कार्यालय सहयोगी २ जना उपलब्ध गराएको छ । मासिक रुपमा कार्यालयलाई चाहिने स्टेसनरी, टेलिफोन, विद्युत् लगायतको सुविधा पनि उपलब्ध गराउने गर्छ,’ मञ्चका उपाध्यक्ष शाहले भने ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐनमा गैरसरकारी संस्थालाई सहयोग गर्ने नीति नरहेको बताए । नाम नखुलाउने शर्तमा सचिवालयका एक कर्मचारीले भने, ‘हामीलाई माथिबाट आदेश आउँछ अनि हामीले पूर्व सांसदलाई आवश्यक व्यवस्था गर्छौं । हेर्नुस् यहाँ हामीले नथेग्ने पावर आउँछ, के गर्नु ?’

संसद् सचिवालयको २ नम्बर भवनको तेस्रो तलामा संविधानसभा सदस्य परिषद् नेपालको कार्यालय २०७५ भनेर बोर्ड राखिएको छ । परिषद्ले २ वटा कोठा संघीय संसद् भवनकै प्रयोग गरी आवश्यक फर्निचर समेत संसद् सचिवालयकै प्रयोग गरिरहेको छ । सचिवालय स्रोतका अनुसार परिषद्ले सचिवालयसँग आवश्यक कर्मचारी र अन्य सुविधा मागेको छ तर सचिवालयले उपलब्ध गराइसकेको छैन ।

सचिवालयका प्रवक्ता पाण्डेले परिषद्को कार्यालय राख्न दिने निर्णय कार्यालयको तर्फबाट नभएको र विना निर्णय कार्यालय राख्ने काम अवैधानिक भएको बताए । अवैधानिक रुपमा संसद् सचिवालयको भवन प्रयोगमा आइरहेपनि सचिवालयले हटाउन सकेको छैन ।

अवैधानिक रुपमा बसेका एनजीओलाई नहटाउने हो भने सिंहदरबारभित्र एनजीओ थपिँदै जाने खतरा रहेको सचिवालयका एक कर्मचारी बताउँछन् ।

‘हिजोको समयमा एउटा एजजीओलाई सहयोग गर्ने परम्परा शुरू हुँदै आएको थियो, फेरि अर्को थपियो । यो सरुवा रोग जस्तो भएको छ,’ सचिवालयका ती कर्मचारीले लोकान्तरसँग भने, ‘भोलि मधेशी, महिला, जनजाति आदि नामबाट संस्थाहरू आउने खतरा बढेको छ । यसले कार्यालयलाई ठूलो असर पर्ने देखिन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x