×

NMB BANK
NIC ASIA

नेताहरूमा नैतिक र सांस्कृतिक विचलन आएको नेकपाका कार्यकर्ताको टिप्पणी

असोज १८, २०७६

NTC
Premier Steels

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् । आज महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

Muktinath Bank

कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका गरीब जनता, सुकुम्वासी र पोषणयुक्त खाना नपाएर रोगग्रस्त बनेका व्यक्तिले प्रवेश पाउने स्थिति नरहेकोमा उनीहरूले दुःख व्यक्त गरेका छन् । “काठमाडौँमा नेताहरूका महलको टुप्पो हेर्न घाँटी तन्काउनु पर्छ”, नेकपाका महोत्तरी इञ्चार्ज राजु खड्काले भन्नुभयो, “ती घरमा गरीब कार्यकर्ताले प्रवेश पाउँदैनन्, ठूल्ठूला ठेकदारको त्यहाँ हल्लीखल्ली हुन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका स्थायी समिति सदस्य एवं वर्तमान सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मुख्य आयोजक रहनुभएको कार्यक्रममा जिल्लाका अगुवा नेता र कार्यकर्ताले धन कमाउनु, ठाटबाट देखाउनु, नैतिक चरित्र पतन हुने काममा समेत लम्पट देखिने नेताहरूको चरित्रले वर्गीय दृष्टिकोण, माक्र्सवादी चेत र समाजवादको लक्ष्य भनिने पक्षलाई उपहास गरेको टिप्पणी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन् । “सत्ता भनेको मोजमस्ती गर्ने ठाउँ हो भन्ने मान्यता नेताहरूकै व्यवहारले देखाएको छ”, उनीहरूले भन्नुभयो, “अब आदर्श, विचार, परिवर्तन र क्रान्तिका कुरा नेताहरूको सुकिला र पोटिला शरीरमा हेरेर चित्त बुझाउनुपर्ने दिन आएछन् ।”

Vianet communication

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले पनि नेतृत्वको उपल्लो तह हुँदै अब रवाफ र तडकभडक तल्लोतहसम्म टाँसिदै आएको स्वीकार गर्नुभयो । जीवनपद्धतिमा आएको यो नैतिक ¥हास उपल्लो तहदेखि नै धोइदै ल्याउनुपर्ने साहको भनाइ छ ।

सबै अगुवा नेता, कार्यकर्ताको टिप्पणी सुन्नु भएका मन्त्री पोखरेलले मान्छेले आपूm कसरी चल्ने भन्ने स्पष्ट जीवन दृष्टिकोण बनाउन नसक्दा नैतिक र सांस्कृतिक विचलन आउने बताउनुभयो । यसलाई विचारको स्पष्ट दृष्टिकोणले नै सफा पर्ने मन्त्री पोखरेलको भनाइ छ ।
 
जिल्लाभरिका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमले नेतालाई तल्लो तहका कार्यकर्ताको ठम्याइ र मूल्याङ्कन बुझ्न सहयोग पु¥याएको सहभागीले टिप्पणी गरेका छन् । जनताको पक्षमा सधैँ उभिने कुरा नारा मात्र नभएर जीवनपद्धतिमा स्वीकार गरिएको कुरा व्यवहारमा उतार्न नेतालाई आम कार्यकर्ताको सुझाव छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x