×

Nic Asia
Marvel

२०६५ सालमै ट्रयाक खाेलिएकाे सडक निर्माण अलपत्र

काठमाडाैं | असोज २०, २०७६

TVS INSIDE

पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ । प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं. ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो । यद्यपि अहिले सो सडकखण्डमा ट्र्याक खोल्नुअघि निर्माण गरिएको अस्थायी सडक सञ्जालका संरचनासमेत बिग्रिसकेको अवस्था छ भने सडक पूर्णरुपमा बन्द रहेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

निकुञ्ज र निकुञ्ज आसपासको क्षेत्र मानिने मध्यवर्ती सामुदायिक वन क्षेत्रको केही भाग सडकमा परेका कारण सडक निर्माण गर्न समस्या भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङ बताउँछन् । साविक नवलपरासी जिल्लाको दुम्किबास गाविस, त्रिवेणी गाविस, स्थानीय जनश्रमदान गरी लाखौँ रकम खर्चिएर बाटोको ट्र्याक खोलिएको थियो । तर ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको थप स्तरोन्नति हुन सकेको छैन । सडक सञ्चालन गर्न स्थानीय सरकारदेखि गण्डकी प्रदेश सरकार सकारात्मक देखिएका छन् । अब तत्कालै सो सडक सञ्चालन गर्न प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष पहल भइरहेको विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीरा राना बताउँछिन । सो सडक २०२९ सालभन्दा अघि मानिसको हिँडडुल गर्ने सडकका रुपमा प्रयोग हुने गथ्र्याे । त्यसपछि सो सडकखण्डको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र केही भाग मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परेकाले बाटो निर्माणमा समस्या भएको मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणप्रसाद गौतम बताउँछन । अब तत्कालै त्रिवेणी–दुम्किबास–सडक निर्माण कार्य अघि बढाउन स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल भइरहेको सांसद तिलक महतले बताए ।


Advertisment
NMB BANK
Saurya island

सो सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने कार्य भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताए। सडक निर्माणका क्रममा आवश्यक पर्ने काट्नुपर्ने रुखको विवरण सङ्कलन गर्ने काम सकिएको छ । सडक निर्माणका क्रममा वन्यजन्तु ओहोरदोहोरो गर्ने क्षेत्रलाई मध्यनजर गर्दै निर्माण हुनुपर्ने सूचना अधिकारीको भनाइ छ । सो सडक सञ्चालन नहुँदा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का स्थानीयवासी आफ्नो गाउँपालिकाको मुख्य प्रशासनिक भवन दुम्किबास जान पनि पश्चिम नवलपरासीको बर्दघाट हुँदै पूर्वी नवलपरासीको दुम्किबास पुग्नु करीब ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १३, २०७९

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । शुक्रवार नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रि...

जेठ ११, २०७९

शेयर बजार मापक सूचक नेप्से बुधवार १४.३७ अंकले बढेको छ । बजार ०.६५ प्रतिशतले बढेर २२ सय ३१.५७ बिन्दुमा पुगेको छ ।  बजार बढेको भए पनि कारोबार रकम भने जम्मा १ अर्ब रूपैयाँको मात्रै भएको छ ।&nbs...

जेठ १२, २०७९

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढ...

जेठ १३, २०७९

सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने निर्णय गरेको छ ।  १० जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले कर घटाएर उपभोक्तलाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउ...

जेठ १३, २०७९

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । शुक्रवार नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रि...

जेठ ११, २०७९

भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ ।  भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जे...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x