×

NMB BANK
NIC ASIA

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरू

कात्तिक ५, २०७६

NTC
Premier Steels

महोत्तरी –महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरू भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो ।

Muktinath Bank

कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरू भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ ।
 
सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद सामग्रीका लागि गहुँ, चामल धोइ पखालेर सुकाउन थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूर्यलाई चढाउन बनाइने ठकुवा, भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकारको पिठो व्रतालु आफैँले पवित्र मनले जाँतोमा पिध्ने (पिस्ने) गरिन्छ । त्यस्तै चढाइने परिकारका लागि आवश्यक पर्ने चामल ढिकीमा कुटिएको हुनपर्ने मान्यताले एकपक्ष पहिले नै पर्व विशेषको तयारी गर्नुपरेको मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।


Advertisment
Nabil box
Kumari

यसबाहेक अहिले पर्वको तयारीका लागि बाँसको कप्टेरा र चोयाले बनेका छिटी, व्रतविधिका चाल्नु, नाङ्लो र माटाका गाग्रा (घैँटा), ढकना, छ्याँचीसहितका समान व्रतालुले जोड्दैछन् । एक/एक समान शुद्ध र पवित्र हुनपर्ने व्रतको निष्ठाले यो पर्वको तयारी एकपक्ष पहिले नै शुरूहुने गरेको पाका मैथिलको भनाइ छ । पर्वमा नयाँ वस्त्रआभूषण अनिवार्य भएको हुँदा त्यसको जोहोका लागि रकम जुटाउन पनि तयारी निकै अघि शुरूहुने गरेको हो । 

Vianet communication

व्रत सामग्रीदेखि व्रतालुको मन, वचन र कर्मसम्म छठका लागि शुद्धीकरण गर्नुपर्ने मान्यता स्थापित छ । मिथिलाको लोकसंस्कृति र परम्परासँग जोडिएको यो पर्वमा व्रतालुमात्र नभएर व्यक्ति/व्यक्ति परिचालन हुने मिथिला संस्कृतिका विज्ञ बलवा नगरपालिकाको धमौराका बासिन्दा कामेश्वर झा बताउँछन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x