×

NMB BANK
NIC ASIA

कला क्षेत्र छोडेर फूल खेतीमा हाम फालेका सितलको कथा

कात्तिक ९, २०७६

NTC
Premier Steels

धनगढी – कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ (५०) ले २ वर्ष अगाडीसम्म १० कट्ठा जमिनमा ८/९ क्वीन्टल धान फलाउँथे ।

Muktinath Bank

बिक्री गर्दा बडो मुस्किलले २० हजार रुपैयाँ पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा बर्सेनि बराबरी हुन्थे । अझ कुनै वर्ष त नोक्सानी समेत बेहोर्नुपर्थ्यो । त्यसपछि उनले सोचे- अब धानभन्दा फूलतिर लाग्छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ वर्षयता उनको सो धान फल्ने जमिन सयपत्री फूलले ढपक्क ढाक्न थालेको छ । जमिनले नयाँ जीवन पाएको जस्तो देखिन्छ । धान फल्ने खेतमा सयपत्री फुल्दा सुन्दरता पनि थपिएको छ ।


Advertisment
Nabil box
Kumari

फूलखेतीमा लागेपछि सितलको मुहारपनि उज्यालिएको छ । जोड–घटाउ गर्दा देखिने आम्दानीले जीवनभरि यताउती भौतारिएर निराश बनेका सितलको मुहार सयपत्री झै ढपक्क खुलेको छ ।

Vianet communication

उनले विगत स्मरण गरे, 'जीवनको उर्जावान समय धेरै क्षेत्रमा खर्च गरियो । कला क्षेत्रमा हात हालिएन कि, क्यामेरा बोकेर हिँडिएन । तर कतै फापे जस्तो लागेन । अन्तिममा जे परे पर्ला । डुबे, डुबुँला भनेर फूल व्यवसाय रोजे । यसबाट मलाई सन्तुष्टि मिलेको छ ।’

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका सितलले एकताका भारतको मुम्बईमा फोटोग्राफीको तालिम लिए । फोटो स्टुडियो खोली उनले ०४९ देखि ०५१ सम्म फोटोग्राफीमा क्रियाशील रहे । तर फापेन । फोटो व्यवसायी मात्रै होइन, २०५७ मा फिल्म क्षेत्रमा हात हाले । पश्चिमा थारु भाषाको पहिलो फिल्म ‘कुहिरा’को निर्माता भइ काम गरे । त्यसमा पनि सफलता हात पार्न नसकेको उनी बताउँछन् । जीविकोपार्जनको लागि खेतीपातीसँगै अनेकौं ठाउँमा भौतारिए । अनेकौ पेशा अंगाले । तर सफलता हात नपरेपछि अन्ततः उनी फूल खेतीमा हाम फाले ।

‘अरू क्षेत्रमा भन्दा सम्भावना बढी देखे । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ । तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिन । बाहिरबाटै आयात भएको पाएँ’, उनले अगाडी थपे, ‘सोधखोजकै क्रममा चितवनमा गरिएको व्यावसायिक फूल खेतीको अनुगमन गरे । उहाँहरू त यहाँ मात्रै होइन यहाँबाट विदेशसम्म फूलको निर्यात गर्नु हुँदोरहेछ । उहाँहरूले गर्न सक्नुहुन्छ भने मैले किन गर्न नसक्ने भन्ने आँट आयो । चितवनमै फूल खेती सम्बन्धी २ हप्ते तालिम लिएँ । प्राविधिक ज्ञानसमेत हासिल गरेपछि शुरूवात गरिहालेँ ।’

उनले २०७५ साउनदेखि १० कठ्ठा जमिनमा फूल खेतीको शुरूआत गरेका हुन् । इन्द्रेणी फ्लोरी कल्चर एण्ड डेकोरेटरर्स् फर्म स्थापना गरी उनी पहिलो सिजनमै राम्रो प्रतिफल पाएपछि निकै उत्साहित भए ।

शुरूआती वर्षमा १ लाख ३५ हजार लगानी गरेका उनले एकै सिजनमा ३ लाख र वर्षमा करीब ६ लाख आम्दानी गरे । विगतमा गरिएको धान खेतीबाट हुने प्रतिफल र फूलबाट आएको प्रतिफलले उनमा खुशीका सीमा नाघ्यो । प्रतिफलको अन्तर निकै बढ्यो ।

फूल रोपेको खेत देखाउँदै उनी भन्छन्, ‘यहि डिहुवा (उचो खेत) हो, यसमा वर्षौंदेखि धान लगाउँथे । बडो मुस्किलले २० हजारको धान बेच्थेँ । अहिले यसैमा फूल खेती गरे । धानबाट हुने आम्दानी र फूलबाट हुने आम्दानी हेर्दा जमिन अकाशको फरक छ ।’

उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिरसम्म र फागुनदेखि असारसम्म गरी २ सिजनमा खेती गर्न सकिन्छ ।

शुरूआती वर्षमा चितवनबाट ११ हजार बर्ना ल्याएर खेती गरेका सितलले चालु वर्षमा भने भारतको कलकट्टाबाट बीउ आयात गरी आफैं नर्सरी तयार गरी खेती गरेका छन् । जसबाट विगतको भन्दा चालु वर्ष अझ राम्रो प्रतिफल पाउने उनले आशा गरेका छन् ।

चालु वर्षमा दोब्बर क्षेत्रफल (एक बिघा)मा खेती गरेको जनाउँदै उनले भने, ‘फूल राम्रो फूलेको छ । दशैं अगाडिदेखि बिक्री वितरण शुरू गरेको छु । एक सिजनमा ७ लाखको करोबार गर्ने लक्ष्य बनाएको छु ।’

 

फूलको बजार माग पनि उच्च रहेको छ । जन्म संस्कार, विवाह, पार्टी, चाडपर्व, पूजापाठ, मेला, महोत्सव, मृत्यु संस्कारको कार्यमा समेत उनले उत्पादन गरेको फूलले स्थान पाएको छ ।

उत्साह व्यक्त गर्दै सितलले भने, ‘बजार असाध्यै राम्रो छ । हेर्नु न, कार्तिक १ गते धनगढीमा प्रचण्ड आउने कार्यक्रम थियो । त्यो कार्यक्रमको लागि यहाँबाट फूलको माला पठाएँ ।’

उनले उत्पादित फूल र माला कैलालीको टीकापुर, लम्की, अत्तरिया, धनगढीका साथै बर्दियाको राजापुर, बाँकेको कोहलपुर, नेपालगञ्जसम्म पुर्‍याउँदै आएका छन् । चाडपर्वको सीजन आगमन भएसँगै त झनै उनको व्यस्तता बढेको छ ।

सजावटमा सिपालु सितल

उनी फूलको उत्पादन गरी बिक्री गर्ने मात्रै होइन, त्यहि फूलको माला उन्ने र विभिन्न कार्यक्रमका मञ्च सजाउने, विवाह तथा पार्टीका गाडीहरू सजाउने कार्य गर्दै आएका छन् । जसबाट पनि राम्रो कमाइ गर्दै आएका छन् । मञ्चको आकार अनुसार १५ हजार रुपैयाँदेखि ७५ हजारसम पारिश्रमिक लिँदै आएको उनी सुनाउँछन् ।

रोजगारी सिर्जना

छोटो समयमा नै फूल खेतीमा रमाइरहेका सितलले आफू र परिवारका सदस्यलाई स्वरोजगार मात्रै बनाएका छैनन् । अन्यलाई समेत रोजगारी दिन सफल भएका छन् । ६ जनाको परिवार रहेको उनको उनीसहित ४ जना सदस्य फूल खेतीमै संलग्न छन् । भने १५ जनालाई रोजगारी प्रदान गरेका छन् ।

‘फूलबारीको गोडमेलदेखि फूल टिप्ने, माला उन्ने कामको लागि कामदार राखेको छु । माला उन्नेलाई प्रति मालाको ५ रुपैयाँ पारिश्रमिक दिँदै आएको छु । सबै लागत जोडेर मैले प्रतिमाला ८० रुपैयाँमा बिक्री गर्दै आएको छु,' उनले भने ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x