सागमा सहभागी हुने खेलाडीलाई तालिम

गलेश्वर – आसन्न १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) गेममा नेपालको तर्फबाट सहभागी हुने ह्याण्डबलका खेलाडीलाई समुद्री सतहदेखि २ हजार ४३० मिटर उचाइमा रहेको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड तालिम आयोजना गरिएको छ ।

टोड्के रिसोर्टको आयोजना र राष्ट्रिय खेलकूद विकास परिषद्को व्यवस्थापनमा शनिवारदेखि शुरू भएको तालिमको राष्ट्रिय खेलकूद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरे । महिला र पुरुष गरी करीब ५० खेलाडीको तालिममा सहभागिता रहेको छ ।


Advertisement

पोखरामा बन्द प्रशिक्षणमा रहेका पुरुष र महिला ह्याडबलका १६/१६ खेलाडी र अफिसियल गरी ५० खेलाडी म्याग्दी आएका छन् । उनीहरूबीच शनिवार टोड्केमा मैत्रीपूर्ण खेल खेलाइएको थियो । खेलाडीलाई मानसिक र शारीरिक प्रशिक्षण गराइएको थियो । खेलाडीको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याडबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

आउँदो मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३ औं सागअन्तर्गत ह्याडबल महिला र पुरुषसहित ९ खेल हुने भएको छ । तालिम आइतवार समाप्त हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्