×

NMB BANK
NIC ASIA

उदाहरणीय काम

जापानमा 'नेपाली गाउँ' बनाउँदै पुष्कर

कात्तिक १७, २०७६

NTC
Premier Steels

काठमाडौं- जापानी भाषामा 'मुरा' भनेको गाउँ हो । भलै जापानको मुरा र नेपाली गाउँबीच आकाश र जमिनको फरक होला । तर ऋण काढेर, परिवार र देशको माटोलाई चटक्कै छोडेर विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूले कर्मथलोमै आफ्नो गाउँ देखे भने कस्तो महसूस गर्लान् ? विदेशमै नेपाली माटोको गन्ध पाउँदा के सोच्लान् ? जापानमै 'नेपाली गाउँ' भेट्दा कुन चाहिँ नेपाली खुशी नहोला र ?

Muktinath Bank

जापानको टोकियो नजिकै सिञ्जुकोमा एक नेपाली युवाले नेपाली गाउँ बनाउने अभ्यास गरेका छन् । ती आँटिला युवा हुन् ३७ वर्षीय पुष्कर जंग थापा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानको राजधानी शहर टोकियोको छेउमा २ रोपनी क्षेत्रफलमा व्यवसाय गर्ने आँट जो कोहीले लिन सक्दैनन् । त्यसैले त उनलाई माथि 'आँटिला' शब्दावलि प्रयोग गरिएको छ । जापान अत्यन्तै महंगो शहर हो नेपालको तुलनामा । सरसर्ती हेर्दा र बुझ्दा महंगो शहरमा त्यति ठूलो क्षेत्रफलमा व्यवसाय गर्नु चानचुने कुरा होइन एउटा नेपालीको हकमा ।


Advertisment
Nabil box
Kumari

जापानमा 'नेपाली गाउँ' बनाउन थालेका पुष्करले विदेशी भूमिमा रहेर नेपाल चिनाउन सक्दो गरेका रहेछन् ।

Vianet communication

'देश छोडेर गएपछि देशभक्ति बढ्दो रहेछ । नेपालको माया अझै बढ्ने रहेछ,' ललितपुरको क्विन्स रेष्टुरेन्टमा गफिएका पुष्करले हाँस्दै भने, '‍नेपालमा हुँदा देशको माया नलाग्ने भन्ने होइन । तर परदेशमा अत्ति लाग्दो रहेछ । त्यसैले म देश चिनाउन लाग्दैछु ।'

झट्ट हेर्दा उनले व्यवसाय गरेका हुन् । तर गम्भीर रूपले त्यसलाई बुझ्नुभयो भने उनले जापानमा नेपाली माटोको सुगन्ध फैलाइरहेका छन् । नेपाली माटो चिनाइरहेका छन् ।

जापानमा रेष्टुरेन्ट खोल्नु ठूलो काम होइन, धेरैले गरेका छन् तर त्यहाँबाटै नेपाल चिनाउनु सानो हो र ?    

'सोलमारी रेष्टुरेन्ट' पुष्करको ‍मुख्य देखिने व्यवसाय हो । रेष्टुरेन्टभित्र एउटा हल छ- नेपाली मुरा । यसको अर्थ 'नेपाली गाउँ' भन्ने हुन्छ ।

'नेपाली गाउँ' ले हलको मात्रै प्रतिनिधित्व गर्दैन । यसले पुष्करको सिंगो व्यवसाय, सपना र संस्कृतिको झल्को दिलाउँछ । गाउँमा पाइने प्राय: वस्तु सोलमारीमा पाइन्छ । तपाईंले नेपालमा पनि जनै, सुपारी खोज्न धेरै ठाउँ चहार्नुपर्छ । अझ राजधानीमा हुनुहुन्छ भने असन, इन्द्रचोक कुद्नपर्ने बाध्यता हुन सक्छ । तर पुष्करले जापानी भूमिमै नेपाली शुभकार्यमा प्रयोग हुने जनै सुपारीदेखि अन्तिम संस्कारका लागि चाहिने सामग्रीसमेत बेच्छन् ।

कसरी भयो शुरूआत?

पढ्नका लागि ‍पुष्कर जापान जाँदा त्यहाँ नेपाली रेष्टुरेन्टहरू निकै कम थिए । प्राय: इन्डियन मात्रै थिए । कलेजका शिक्षकहरूलाई फकाउन त्यहाँ रहेका विद्यार्थीहरूले आफ्नै देशको परिकारहरू खुवाउँथे । पुष्कर र उनका साथीहरूले पनि त्यस्तै गर्ने भए । उनीहरूले आफ्ना 'सेन्सेइ' अर्थात् शिक्षकलाई नेपाली खाना खुवाउन रेष्टुरेन्ट लगे । तर नेपाली रेष्टुरेन्टको अभावमा उनीहरू इन्डियन रेष्टुरेन्टमा पुग्थे ।

अतीत सुनाउँदै उनी भन्छन्- बल्लबल्ल नेपाली खाना खान लग्यो, त्यहाँ इन्डियन झण्डा हुन्थ्यो ।

रेष्टुरेन्टको भित्तादेखि मेनुको अघिपछि इन्डियाको झण्डा देख्दा उनको मन कटक्क खान्थ्यो । बहुत खिन्नता महसूस हुन्थ्यो । अनि सरले पनि सोध्थे रे- नेपाली खाना खुवाउन ल्याएको भन्या होइन, खै त नेपाली झण्डा ?

अनि उनले नेपाल र भारतबीच कल्चर मिल्छ, यो नेपाली रेष्टुरेन्ट नै हो भनेर टार्थे ।

त्यो बेलादेखि नै उनलाई नेपाली रेष्टुरेन्ट खोल्नुपर्छ र निकट भविष्यमै खोल्छु भन्ने आँट पलायो ।

उनीसँग रेष्टुरेन्टमा काम गरेको अनुभव पनि थियो । अलिअलि पैसा पनि जम्मा गरेका थिए ।

शुरूआती दिनबारे उनी खुल्छन्, 'शुरूमा हाम्रो उद्देश्य नेपाली रेष्टुरेन्टमात्रै थियो । तर हामीले ठूलो ठाउँ पायौं । त्यसपछि रिस्क लिनैपर्‍यो ।'

उनले ठूलो रिस्क लिनुमा उतै रहेका भिनाजुले सहयोग गरेका थिए ।  

*****

'सुपा' अर्थात् सुपरमार्केट । पुष्करको व्यवसायलाई 'सुपा'को रूपमा पनि लिन सकिन्छ । उनले सोलमारीमा नेपाली गुन्द्रुक, पीठो, जनैसुपारी, दशैंतिहारका सामग्री, अचारसमेत बिक्रीका लागि राखेका छन् ।

उनले त्यहाँ नेपाली किताबहरू पनि सजाएर राखेका छन् । पुष्कर साहित्यमा विशेष रुचि राख्ने भएकाले नेपाली साहित्यलाई जापानसम्म पुर्‍याएका छन् । भन्छन्- यहाँ बस्ने नेपालीहरूमा पुस्तक पढ्ने बानीको विकासका लागि आकर्षक स्किम पनि दिएको छु । 

स्किम कस्तो रहेछ भने तपाईंले त्यहाँ शुरूमा एउटा पुस्तक किन्नुभयो । त्यो पढिसकेर फिर्ता गर्नुभयो भने ५० प्रतिशत रिटर्न पाउनुहुन्छ र अर्को पचास प्रतिशत थपेर नयाँ किताब पाउन सक्नुहुन्छ । तर त्यसका पनि केही शर्त रहेछन् ।

पुष्कर शर्त भन्छन्, 'किताब च्यातिएको हुनुभएन र केरकार गर्नु भएन ।'

अहिलेसम्म पढ्ने बानी नलागेकाहरूले पनि रेष्टुरेन्टमा पुस्तक सजाएको देखेर किनेर लाने गरेको उनले सुनाए ।

जापानका अनुभव र संघर्ष सुनाउने क्रममा उनले आफूले गरेका नयाँ प्रयोगहरू खुलस्त पारे ।

उनी नेपाल रहँदा लोकगीत सुन्दैनथे रे । तर अहिले उनी लोकपारखी भएका छन् । त्यसैले त उनको रेष्टुरेन्टका भित्तामा झुण्ड्याइएका टीभीहरूमा नेपाली लोकगीत घन्किन्छन्, जसले त्यहाँ आउने ग्राहकहरूलाई नेपालप्रतिको माया अझ बढाउँछ । अनि उनीहरूले नेपाली संस्कृतिलाई मनमा राखिरहनेछन् ।

कहिल्यै लोकगीत नसुन्ने पुष्करले जापान रहँदा नेपालबाट लोकगीतका सीडी मगाएर हेरेको समेत सुनाए । भन्छन्, 'जापान गएपछि मैले लोकगीतका सीडीहरू मगाएर सुन्न थालेँ । अनि भाइहरूले अचम्म मान्न थाले- तपाईं पनि लोकगीत सुन्न थाल्नुभयो ?'

नेपालमा आन्दोलन हुँदा मन दुख्छ

ललितपुर लुभुका पुष्कर प्लस टू सकेपछि १७ वर्षअघि पढ्नकै लागि जापान हानिए । २ वर्षमात्र बस्छु भनेर गएका उनी समयअवधिमा फर्केनन् । बरू उतै जमे । उतै रमाए ।

उनी जापानका नेपाली व्यवसायी हुन् । तर नेपाली नागरिकता र राहदानी त्यागेका छैनन् । उनलाई पछिसम्म नेपाली भएर नै बाँच्नु छ । एक हिसाबले भन्ने हो भने उनी जापानका रैथाने जस्तै भइसके । त्यहाँका भाषा, नियम-कानून, अनुशासनदेखि संस्कारसम्मलाई उनले छामेका छन्, नजिकबाट नियालेका छन् । तर पनि नेपाललाई दुख्दा उनलाई पनि दुख्छ । नेपाल रुँदा सँगै आँसु बगाउँछन् ।

नेपालमा आन्दोलन हुन्छ, उनी दु:खी हुन्छन् । नेपालमा भूकम्प जाँदा उनको मनमा पहिरो जान्छ । नेपाल सम्झन्छन् र घोत्लिन्छन् । नेपाल बन्द हुन्छ, उनको 'मूड' पनि बन्द हुन्छ । जापान रहँदा नेपालप्रतिको माया जागृत गराउँछन् उनी, 'नेपाल बन्द हुँदा जापानमा हामीलाई त्यस्तो असर केही गर्दैन । व्यवसायलाई ह्याम्पर गर्दैन । तर पनि कस्तो-कस्तो हुन्छ । छाती पोल्छ ।'

जापानमा नेपाली विद्यालय

नेपाली विद्यार्थीहरूका लागि लक्षित गरेर पुष्करको टीमले जापानमा नेपाली विद्यालय पनि सञ्चालन गरेका छन् ।

नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नका लागि 'एभरेस्ट इन्टरनेसनल स्कूल' नाममा सञ्चालित नेपाली विद्यालयमा अहिले २५० जनाको हाराहारीमा विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । विद्यालयमा नेपाली मात्रै नभई विदेशी विद्यार्थीहरू पनि अध्ययन गरिरहेका उनले बताए ।

विद्यालयमा नेपाली तथा विदेशी बच्चाहरूले पनि नेपाली गीतमै डान्स गर्ने, गाउने गरेका उनले सुनाए ।

३२ जना शिक्षक रहेको स्कूलले खेलकुददेखि भाषामा समेत जापानी विद्यालयहरूसँग प्रतिस्पर्धा गरिरहेको समेत उनले बताए ।

 एकै ठाउँमा ट्राभल एजेन्सीदेखि सैलुनसम्म

उनको रेष्टुरेन्ट हातालाई कतिपयले 'जापानभित्रको नेपाल' पनि भन्ने गर्छन् ।

त्यहाँ एकपटक पुग्नेहरूले भन्छन् रे- नेपालको झल्को दियो, नेपालजस्तै लाग्यो । रेष्टुरेन्टका भित्ताहरूमा नेपाली झण्डा टाँगिएका छन् । भित्तामा रहेको टीभीले नेपाली गीत घन्काउँछ । ३५-४० जना नेपाली आफ्नै काममा व्यस्त देखिन्छन् । नेपाली खाना विथ गुन्द्रुक अनि प्राय: अत्यावश्यक सामग्री सबै नेपाली पाइने भएपछि  त्यसलाई 'जापानभित्रको नेपाल' नभनिरहन सकिँदैन ।

नाम सोलमारी रेष्टुरेन्ट भएपनि त्यहाँभित्र सैलुन पनि छ । सैलुनमा नेपाली नै छन् । 'नेपालबाट सैलुनमा काम गर्न सक्ने दाजुभाइ भित्र्याएर आफ्नोपन दिलाउन कोशिश गरेका छौं,' उनले भने ।

यसो हुँदा नेपालीहरूले ढुक्कसँग आफूले भनेअनुसार केही सस्तो मूल्यमा कपाल काट्न सक्ने उनको भनाइ छ ।

सैलुनमात्रै होइन, त्यसभित्र ट्राभल एजेन्सी पनि छ, जहाँ नेपालीहरूले घर आउनजानका लागि टिकट काट्न सक्नेछन् ।

जापान बसेर नेपाल चिनाइरहेका पुष्करले अन्तिममा भने- आफू सफल हुनुमा सबैभन्दा ठूलो हात आफ्नी श्रीमती कामना भण्डारी थापा र त्यहीँ रहेका नेपाली दाजुभाइको छ ।

फोटो : सुरत श्रेष्ठ

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x