पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धनगढी – प्राकृतिक तालतलैया तथा वन क्षेत्रको संरक्षण तथा भोगाधिकारमा कानूनतः अन्योलता सिर्जना भएपछि कैलालीको एक प्राकृतिक तालमा एकै पटक ३ वटा ताला लगाइएको घटना सार्वजनिक भएको छ ।
भोगााधिकारको विवाद सिर्जना भएपछि जिल्लाको कैलारी गाउँपालिका–९ स्थित कोइलहुवा तालमा ३ वटा ताला लगाइएको हो । वर्षौदेखि तालको पानी खेत सिँचाइ र माछापालन हुँदै आएपनि स्थानीय विभिन्न पक्षले हालै तालाबन्दी गरेका हुन् ।
जिल्लाको दोस्रो ठूलो एवं प्रमुख पर्यटकीय क्षेत्रको रुपमा समेत रहेको सो तालमा स्थानीय कोइलही ताल संरक्षण सम्वद्र्धन समिति, स्थानीय भलमन्सा (गाउँ प्रमुख)हरूको कुलो सिँचाइ समिति र तालमा डुंगा सञ्चालनको ठेक्का पाएका ठेकेदार महेश सापकोटाले तालाबन्दी गरेका थिए ।
प्रचलित वन ऐन २०४९ को दफा ४३ अनुसार समुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा परिभाषित गरिएको छ । सोही ऐन अनुसार तालको भोगाधिकार तथा क्षेत्राधिकार वनसँग सम्बन्धित निकायको हुन जान्छ ।
नेपालको संविधानले वन क्षेत्रलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीभित्र समावेश गरेको छ । जुनकारण प्राकृतिक सम्पदाको स्वामित्व तथा भोगाधिकारमा स्थानीय तहले पनि दाबी गर्दै आएका हुन् ।
गाउँपालिकाको वडा नम्बर ९ को कार्यालयको सिफारिसपछि कैलारी गाउँपालिकाले डुंगा सञ्चालनको लागि पर्यटन व्यवसायी महेश सापकोटालाई ठेक्का दिएको थियो । गाउँपालिकाले टेण्डर दिएपछि समितिलगायत स्थानीय सरोकारवाला विरोधमा उत्रिए । समितिका साथै स्थानीय भलमन्साको कुलो सिँचाइ समितिले आफूहरू पहिलैदेखि संरक्षण तथा सम्वद्र्धन गर्दै आएको र तालको पानी खेत सिँचाइमा प्रयोग गर्दै आएकाले डुंगा सञ्चालनसमेत गर्न पाउनुपर्ने भन्दै तालाबन्दी गरे ।
उता गाउँपालिकाबाट डुंगा सञ्चालनको ठेक्का पाएपनि डुंगा सञ्चालन गर्न नपाएको भन्दै ठेकेदारले पनि तालाबन्दी गरे ।
तालमा ३ पक्षले तालाबन्दी गरेपछि हाल भोगााधिकारको समस्या उत्पन्न भएको छ । तर स्थानीयको कात्तिक १६ गतेको भेलाले सबै ताला तोड्दै कोइलही ताल संरक्षण सम्वद्र्धन समितिमार्फत नै संरक्षण सम्वद्र्धन हुनुपर्ने माग अगाडि सारेका छन् ।
ताल क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमार्फत निर्माण भएको दर्जनौं बढी भौतिक संरचना निर्माणपछि सोही स्थानीय समितिलाई नै हस्तान्तरण गरिएको छ ।
समितिका अनुगमन समिति सदस्य रामसमझ चौधरी भन्छन्, ‘यहाँका स्थानीय भलमन्साको अगुवाइमा पहिलैदेखि सिँचाइको लागि प्रयोग हुँदै आएको थियो । पहिले पर्यटन प्रवद्र्धन गर्नेतर्फ कसैको ध्यान थिएन । जब सिँचाइसँगै माछापालनको सम्भावना देखियो । सँगै पर्यटनको सम्भावना देखिन थालियो । तब मात्रै बाह्य पक्षको ध्यान तानियो । स्थानीयले कोइलही ताल संरक्षण सम्वद्र्धन समिति गरी काम गर्दै आएका छन् । त्यसैको विधान कार्ययोजना अनुसार हालसम्म धेरै भौतिक संरचना निर्माण तथा विकासको काम भएको छ तर स्थानीयलाई बेवास्ता गर्दै बाह्यलाई ठेक्का दिने कार्य कदापी स्वीकार्य छैन ।’
उनले ताल क्षेत्र स्थानीय कोइलही सामुदायिक वन कोइलही र कोइलाहा सामुदायिक सामरचौराको क्षेत्रभित्र परेपनि केही पक्षले आफ्नो स्वार्थपूर्ति गर्न स्थानीयसँग विना सल्लाह टेण्डर आह्वान गराएको आरोप लगाए । आह्वान गरिएको टेन्डर कुनै हालतमा मान्न तयार नभएको र आफूहरूको नै संरक्षण सम्वद्र्धन तथा भोगाधिकार हुनुपर्ने दाबी गरे ।
समितिकी सदस्य रतनदेवी तरामी मगरले आफूहरू पहिलेदेखि तालको पानी उपयोग गर्दै आएको र हाल पनि यसको संरक्षण र सम्वद्र्धन गर्न पाउनुपर्ने बताइन् । समितिका अध्यक्ष डबलबहादुर तरामी मगरले प्राकृतिक स्रोतसाधनमा स्थानीय जनताको अग्राधिकार हुनुपर्ने बताउँदै तालको संरक्षण तथा सम्वद्र्धन पहिलैदेखि गर्दै आएको र भाबी दिनमा गर्न पाउनुपर्नेमा जोड दिए ।
७२ हेक्टर क्षेत्रफलमा फैलिएको तालको पानी कैलारी गाउँपालिका–६ को लम्बीफाँटा र वनकट्टा र वडा नम्बर ९ को कोइलही, गदरिया, जमुनीपुर क्षेत्रको करीब १ सयभन्दा बढी हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ हुँदै आएको छ ।
गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीले तालबाट संकलन हुने आम्दानी दुरुपयोग नहोस् तथा सही ठाउँमा खर्च होस् भन्ने उद्देश्यले टेन्डरको लागि गाउँपालिकालाई सिफारिस गरेको र गाउँपालिकाबाट टेन्डर आह्वान भएको बताए तर तालमा भएको तालाबन्दी तथा विवादबारे आफूलाई पूर्ण जानकारी नभएपनि स्थानीयले गरेको निर्णय स्वीकार्य रहेको अध्यक्ष चौधरीले बताए ।
पछिल्लो समय प्राकृतिक सम्पम्दाको क्षेत्राधिकार तथा भोगाधिकारमा कानूनी रुपमै समस्या भएपछि कोइलही ताल मात्रै होइन, जिल्लाका अधिकांश तालतलैयाको भोगाधिकारमा समस्या सिर्जना भएको छ । कतै दोहोरो ठेक्का समेत भएको छ । कैलालीमा करीब २ सय वटा प्राकृतिक तालतलैया रहेका छन् ।
तालमा मेला
कोइलही तालको संरक्षण, सम्वद्र्धनसँगै प्रचारप्रसार हुन थालेपछि हाल तालमा पर्यटक ओइरिन थालेका छन् । तालमा दैनिक १ हजारदेखि ५ हजारको हाराहारीमा पर्यटक आउने गरेको जनाइएको छ । पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि व्यावसायिक सम्भावना बढेको छ । चहलपहल बढेपछि वरिपरि स–साना खाजाघर, होटल समेत खुल्न थालेका छन् । सँगै तालको व्यवस्थापकीय चुनौती पनि थपिएको छ ।
ताल सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि करीब ४७ किलोमिटर पूर्व र पूर्वपश्चिम राजमार्गको राजीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणमा छ । ३ वर्ष पहिलेसम्म ताल आफ्नै प्राकृतिक संरचनामा थियो ।
संरक्षण र सम्वद्र्धनको कमीले दिनप्रति दिन कुरुप हुँदै गएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा कोइलही ताल संरक्षण, विकास तथा व्यवस्थापन कार्यक्रम लागू भएपछि तालको मुहार फेरिएको छ ।
विभिन्न भौतिक संरचना निर्माणको जिम्मा लिएको नेपाली सेनाले २ वर्षको अवधिमा मूल गेट, मन्दिर, चिल्ड्रेन पार्क, पिकनिक स्पट, भ्यू टावर, पूल, बाटो, ड्याम, सिमेन्ट बस्ने कुर्सी, खानेपानी, शौचालय, प्रतिक्षालय लगायत विभिन्न भौतिक संरचना निर्माण गरेको छ भने तालमा सयर गर्न डुंगा सञ्चालन गरिएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...