नेकपा सुर्खेतमा भागबण्डा, पूर्वएमाले पाँच र पूर्वमाओवादी चार स्थानीय तहको नेतृत्व गर्दै

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेत -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ला कमिटीले स्थानीय तहका पदाधिकारीहरुको टुंगो लगाएको छ । जिल्ला कमिटीको आज वीरेन्द्रनगरमा बसेको पूर्ण बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभास्तरीय निर्वाचन क्षेत्रीय कमिटी र ९ स्थानीय तहका अध्यक्ष तथा सचिवहरुको टुंगो लगाएको हो ।

जिल्लाका ९ स्थानीय तहमध्ये पूर्व एमाले पक्षले ५ तथा पूर्व माओवादी पक्षले ४ तहको प्रमुखको जिम्मा पाएका छन् । जिल्ला कमिटी सचिव कृष्ण जीसीका अनुसार सिम्ता गाउँपालिकामा अध्यक्ष कविन्द्रकुमार केसी, सचिव झुपबहादुर बुढा,गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री, सचिव मोतिलाल विक, भेरीगंगा नगरपालिकामा नरेन्द्र कार्की, सचिव टिकाराम सुवेदी, चिंगाड गाउँपालिकामा अध्यक्ष सम्मर विक, सचिव हर्कबहादुर रानाले जिम्मेवारी दिएका छन् ।


Advertisement

त्यस्तै, लेकवेशी नगरपालिकामा अध्यक्ष टिकाराम सोमै, सचिव मदन गाहा, वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गंगाराम तिमिल्सेना, सचिव गणेश वली, वराहताल गाउँपालिकामा ओमबहादुर महतारा, सचिव बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकामा अध्यक्ष मनबहादुर विक, सचिव केशव शाही र चौकुने गाउँपालिकामा अध्यक्ष गंगाराम विक, सचिव हरि अधिकारीलाई चयन गरिएको छ ।

बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र संयोजन कमिटीको पनि टुंगो लगाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा संयोजक बखतबहादुर खत्री, सहसंयोजक गणेश विक तथा क्षेत्र नं २ मा संयोजक गोविन्द तिमिल्सेना, सहसंयोजक इन्द्र केसीलाई तोकिएको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को प्रदेश (क) क्षेत्रमा बाहेक अन्य तीन वटै क्षेत्रमा संयोजक/सहसंयोजकको तोकिएको छ । प्रदेश (ख) मा संयोजक बोधविक्रम जीसी र सहसंयोजक चयन हुन बाँकी रहेको बताइएको छ । क्षेत्र नं २ प्रदेश (क) मा संयोजक टोपबहादुर रास्कोटी, सहसंयोजक रत्न गाहामगर र प्रदेश (ख) मा संयोजक खड्ग विवश बास्पाने, सहसंयोजक घनश्याम पाण्डेलाई तोकिएको छ । जिल्ला कमिटीले वडास्तरसम्म एकिकरणका कामलाई जतिसक्दो छिटो सम्पन्न गर्न सम्बन्धित निर्वाचन क्षेत्र तथा स्थानीय तहका पदाधिकारीहरुलाई निर्देशन दिएको सचिव जीसीले जानकारी दिनुभयो । नेकपाले सुर्खेतबाहेक कर्णालीका बाँकी जिल्लाहरुमा तिहार अगावै स्थानीय तहको एकिकरण गरिसकेको थियो ।  

कमेन्ट गर्नुहोस्