भारत सरकारकाे आलाेचना गर्ने पत्रकारकाे ओसीआई कार्ड रद्द

काठमाडौं– लेखक तथा पत्रकार आतिश अली तासीरको ओभरसीज सिटीजनशीप अफ इन्डिया(ओसीआई) कार्ड रद्द भएको भएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आर्टिकलमा 'डिभाइडर इन चीफ' भनेपछि उनीमाथी भारत सरकारले यस्तो कदम चालेको हो । 

ब्रिटेनमा जन्मिएका लेखक आतिशका पिता पाकिस्तानी मूलका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार, भारतमा सम्पन्न लोकसभा निर्वाचनमा तासीरले एक मेगेजीनमा प्रकाशित एक आर्टिकलमा प्रधानमन्त्री मोदीलाई डिभाइडर अफ चीन भनेका थिए । 


Advertisement

भारतीय गृह मन्त्रालयका प्रवक्ताका अनुसार, आतिश ओसीआई कार्डका लागि अयोग्य भएको बताएका छन् । 
 

कमेन्ट गर्नुहोस्