मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
लिबिया र सोमालियालाई संसारकै सबभन्दा खतरनाक देशका रूपमा ट्राभल रिस्क म्यापले चित्रण गरेको छ ।
यात्रीहरूलाई विदेश जाँदा हुने जोखिमका बारेमा सचेत गराउनका लागि यो नक्सा जारी गरिएको हो ।
यस नक्सामा रातो लगाइएका देशहरूमा सडक सुरक्षा, अशान्तिजन्य सुरक्षा र स्वास्थ्य समस्याले यात्रीलाई समस्यामा पार्ने बताइएको छ ।
सबभन्दा सुरक्षित देशहरूमा फिनल्यान्ड, नर्वे र आइसल्यान्ड छन् र ती सबै नर्डिक मुलुक हुन् ।
यस नक्सालाई अन्तर्राष्ट्रिय स्वास्थ्य तथा सुरक्षा विशेषज्ञहरू इन्टरनेसनल एसओएसले जारी गरेको हो ।
लिबिया र सोमालिया सबै तीन वर्गमा सबभन्दा तल्लो तहमा छन् । अर्थात् ती देशमा भ्रमण गर्नु अत्यन्तै खतरनाक छ । त्यसपछि अफगानिस्तान र भेनेजुएला आउँछन् ।
स्वास्थ्यको कुरा आउँदा संक्रमणको उच्च जोखिम भएका देशमा अफ्रिकी मुलुकहरू नाइजर, गिनी, सिएरालियोन, लाइबेरिया, दक्षिण सुडान लगायतका देश छन् ।
त्यसको विपरीत रोगको अत्यन्त कम जोखिम भएका देशमा अधिकांश युरोपेली मुलुक, क्यानडा, अमेरिका, न्युजील्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया र जापान पर्छन् ।
सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै जोखिमपूर्ण देशमा अफगानिस्तान, सिरिया, यमन, इराक, सोमालिया, लिबिया र नाइजेरियाका केही भाग परेका छन् ।
सुरक्षा जोखिम नगण्य भएका देशमा नर्वे, ग्रीनल्यान्ड, फिनल्यान्ड, आइसल्यान्ड, स्विट्जरल्यान्ड र स्लोभेनिया छन् ।
एजेन्सी
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...