जब मरिसकेको मान्छे श्राद्धपछि जिउँदै फर्कियो...

केही वर्षअघि मारिएको मान्छे जिउँदो फर्किंदा तपाईंलाई कस्तो लाग्छ ? एक यस्तै घटना सार्वजनिक भएको छ । 

यो घटना भारतको बिहारस्थित पटनाको हो । 'मोब लिन्चिङ'मा मारिएको एक व्यक्ति जिउँदै फर्किएका छन् ।


Advertisement

मानिसको भिडले बच्चा चोरेको आरोपमा उनलाई मारेका थिए । उक्त मानिस जिउँदै भेटिएपछि प्रहरी पनि अचम्ममा परेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् । 


Advertisement

यो घटना गत अगष्ट १० को हो । पटनाको नौबतपुरको महमदपुर गाउँमा मानिसहरूले कृष्णा माझीलाई बच्चा चोरेको आरोमा मारेका थिए । घटना यतिसम्म भएको थियो कि, 'मोब  लिन्चिङ'मा हत्याको मुद्दा दर्ता गरी प्रहरीले २३ आरोपीलाई जेल सजाय समेत दिएको थियो । 

ती व्यक्तिका पत्नीले प्रहरीले एक शब देखाएर त्यो शव तिम्रो पतिको भएको बताएकी छन् । त्यसपछि उनले सो शव लिएर दाहसंस्कार गरि श्राद्ध समेत गरिएको थियो । 

कृष्णालाई जिवित भेटेपछि स्थानीय प्रहरीले मारिएको अर्को व्यक्ति भएको निश्कर्ष निकालेको छ । ती व्यक्तिको पहिचान नखुलेको समेत प्रहरीले भनेको छ ।

अहिले ती व्यक्ति को हुन् भन्ने बारे अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले बताएको छ । 
 

कमेन्ट गर्नुहोस्