रातो खुर्सानी खाने मानिसको आयु लामो !

स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ । 

खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।


Advertisement

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयु सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् । 

शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।


Advertisement

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन् ।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो ।

उनीहरुका अनुसार रातो खुर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन-अमेरिकन नागरिकहरु रहने गरेका छन् ।

-एजेन्सी

कमेन्ट गर्नुहोस्