फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्यांकन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्यांकन गरिएको छ ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्यांकन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, “हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छौं । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।”
केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्यांकन गरेको छ ।
बालिको लागत अनुमानको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्यांकन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्यांकन गरिएको छ ।
बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्यांकन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्यांकन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्यांकन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा रु पाँच हजार ११६ मूल्यांकन गरिएको छ ।
कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु पाँच हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्यांकन गरिएको छ । यसैगरी राक्सिराङ गाउँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मूल्यांकन गरिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु तीन करोड नौ लाख चार हजार ६६६, खैरहनी नगरपालिकाको चार हजार १११ बिघा क्षेत्रफलको रु दुई करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको एक हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्यांकन गरिएको छ ।
यसैगरी रत्ननगर नगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको तीन हजार २७५ बिघाको रु एक करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्यांकन गरिएको छ । यस्तै माडी नगरपालिकाको दुई हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्यांकन भएको छ ।
केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्यांकन गरेको छ । मनोहरी गाउँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु नौ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्यांकन गरिएको छ ।
राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु दुई लाख ७६ हजार २५८ बराबरको क्षति मूल्यांकन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्यांकन भएको छ ।
यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्यांकन गरेको छ । माडी नगरपालिकाका दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट दुई हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो ।
गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्यांकन गरेको थियो । मूल्यांकन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित बनेका छन् । नारायण अधिकारी/रासस
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...