×

NMB BANK
NIC ASIA

भारतले फेरि बदल्यो नक्सा, अहिले झन काली नदी नै गायब !

मंसिर ७, २०७६

NTC
Sarbottam
कार्तिक १५ गते जारी नक्सा र काली नाम झिकेर हाल जारी नक्सा।
Premier Steels
Marvel

नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।

Muktinath Bank

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो। लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो। सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले नक्सालाई उलटपुलट गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ। सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ। सन् १८५६ सम्म जारी नक्सामा काली नदीको मुहान अर्थात् लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको प्रस्ट थियो।


Advertisment
Nabil box
Kumari

सीमाविद् पुण्यप्रसाद ओलीले भारतले नक्सा बंग्याएर नेपाली भूमि अतिक्रमण गरेको विषय नयाँ नभएको बताए। ‘भारतले सन् १८५६ देखि नै ‘कार्टोग्राफिक इन्क्रोचमेन्ट’ गर्दै आएको छ,’ उनले भने, ‘यसपछि पटकपटक नक्सा बंग्याउने काम भइरहेको छ।’ उनका अनुसार भारतले काली नदीलाई तीन ठाउँमा सारिसकेको छ।

Vianet communication
Laxmi Bank

सन् १९६२ मा भारत र चीन युद्धपछि तत्कालीन नेपाल सरकारकै सहमतिमा कालापानीमा भारतीय सेना बस्यो। भारतले त्यही भूभागमा छुट्टै कुलो बनाएर लिपु खोलाको पानी ल्याएर पोखरी बनायो। त्यसैबाट निकालेर कृत्रिम काली नदी बनायो। भारतले लिम्पियाधुरा क्षेत्रको ३३५ र कालापानी लिपुलेकको ६० वर्गकिलोमिटरसहित ३९५ वर्गकिलोमिटर नेपाली भूभाग कब्जा गरेको छ।

सुगौली सन्धिअनुसार नावी, कुटी, गुन्जी र गव्र्याङ गाउँ नेपालमा पर्छ। २०१८ सालमा ती गाउँको जनगणना नेपालबाटै भएको थियो। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका ओलीका अनुसार नेपाल अझै चुप लगेर बसेमा १० किलोमिटरपूर्वको टिंकर खोलालाई भारतले सीमा नदी भन्न बेर लाउने छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x