×

NMB BANK
NIC ASIA

अस्पताल सुधार प्रयास

लुम्बिनी अस्पतालका सटर खाली गर्ने भाका नाघ्यो, अब डोजरले भत्काइएला ?

मंसिर ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटललाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएर स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढेको छ ।

Muktinath Bank

सुधारको पहिलो चरणमा अस्पतालका सटर भत्काएर वरिपरि प्रदेश सरकारले पर्खाल लगाउने योजना छ । सटरमा व्यवसाय गर्दै आएका व्यवसायीले सटर खाली गर्न अटेरी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले यहीँ कार्तिक मसान्तसम्म सटर खाली गर्न निर्देशन दिएपनि हालसम्म सटर खाली गरिएका छैनन् । व्यवसायीले सटर खाली गर्न सरकारले दिएको भाका नाघेको छ ।


Advertisment
Nabil box
Kumari

व्यवसायीले सटर खाली गर्नुको साटो उल्टै अन्यायमा परेको भन्दै सरकारी निर्णय थमौती गरिदिन विभिन्न क्षेत्रका व्यक्तिदेखि नेतासम्म बिलौना चढाउन थालेका छन् । 

Vianet communication
Laxmi Bank

अस्पतालका सटरमा रहेका व्यवसायीले नेकपा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुनलाई सटर हटाउने निर्णय थमौती गरिदिन बिन्ती चढाएका छन् । उपचारमा आउने बिरामीलाई मेडिकलमा रोक्ने सटर व्यवसायीको बिलौना नेताहरूले नसुनेपछि हाल अन्य व्यक्ति र संघसंस्थासँग हारगुहार गरिरहेका छन् । 

सटर खाली गरेर प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्दै ३ महिनाअघि मन्त्रिपरिषद्बाट निर्णय गरिएको थियो । अस्पतालको ‘कम्पाउन्ड’ वरिपरि ७३ वटा व्यावसायिक सटर छन् । गएको असारमा आफूहरूले टेन्डर प्रक्रियामार्फत् सटरमा ठूलो लगानी गरेको भन्दै ५ वर्ष सम्झौता बमोजिम बस्न पाउनुपर्ने व्यवसायीको माग छ । 

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले व्यवसायीले सटर खाली नगरे डोजर लगाएर खाली गराइने चेतावनी दिए । ‘३ महिना अगाडिदेखि खाली गर्न निर्देशन दिएका छौं । यो मंसिर महिना भाडा नलिइकन समय दिन्छौं । खाली नगरे डोजर चल्छ/चल्छ,’ उनले भने ।

टेन्डरपछि सटर पाएका व्यवसायी र अस्पतालबीच भएको करार सम्झौतामा दुवै पक्षले चाहेमा ३ महिनाको समय दिएर सटर खाली गर्न सक्ने उल्लेख छ । आफूहरू यति छोटो समयमा हटाउन नपाइने भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल सटर व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूहरूले ५ वर्षे सम्झौता अनुसार बस्न पाउनुपर्ने बताए । ‘अहिले खाली गर्नु थियो भने किन ३ महिना अगाडि टेन्डर गरियो ?’ उनले भने, ‘हामीहरू बिचल्लीमा पर्छाैं । हामीमाथि अन्याय भयो । व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेका छौं ।’

प्रदेश सरकारको योजनाअनुसार अब सटर भत्काउनुपर्ने छ । सटर अगाडि फुटपाथलाई नै रोकेर हाल पार्किङदेखि होडिङ बोर्डहरू राखिएका छन् । ती सबै सटरलाई खाली गराएर नयाँ ढाँचाको बगैंचा सहितको अस्पतालको गार्डेन बनाउने र अलग्गै स्थानमा सपिङ मल बनाउने गरी प्रदेश सरकारले काम अगाडि बढाइसकेको छ । 

अस्पतालले ५ वर्षका लागि भाडामा दिन टेन्डर आह्वान गरेको दाबी व्यवसायीको छ तर अस्पतालले भने सम्झौतामा अस्पतालले चाहेको समयमा पूर्व सूचना दिएर जुनसुकै बेलापनि सटर खाली गराउन सक्ने व्यवस्था रहेको प्रस्ट पारेको छ । 

अस्पताल क्षेत्रलाई अझै बढाउन प्रादेशिक अस्पतालसँग जोडिएको सेक्टर वन कार्यालयको जग्गालाई पनि लिएर त्यहाँ सुविधासम्पन्न भवन बनाउने बताइएको छ । उनीहरूले मुलुकी ऐेन २०७४ धारा ५४१ बमोजिम करार सम्झौताअनुसार ५ वर्ष व्यवसाय गर्न पाउनुपर्ने दाबी गरेका छन् । 

अस्पताललाई सुधारेर, सफासुग्घर राखेर, स्तरोन्नति गराएर बिरामी भित्र छिर्दै वाह भन्ने खालको बनाउने योजनाअनुरुप अहिलेको कदम चलेको भन्दै कतिपय अगुवाले सरकारी काममा व्यवसायीले सहकार्य गर्नुपर्ने बताउँदै आएका छन् । 

अस्पतालले २०७५ फागुन २८ गते र २०७६ जेठ २८ गतेको सूचनाअनुसार व्यवसायीले सटरमा व्यवसाय गर्ने भन्दै भाडा सम्झौता गरेका थिए तर कात्तिक १८ गते मन्त्रिपरिषद् बैठक बसेर अस्पतालका सटर मंसिर मसान्तसम्म खाली गराउन निर्देशन दिइएको थियो । 

निजी क्षेत्रले भने व्यवसायीहरूलाई विकल्प दिएर मात्र हटाउन अनुरोध गरेको छ । घरबहाल सरोकार संघका अध्यक्ष शंकर कोइरालाले सटरहरू टेन्डर प्रक्रियाबाट दिनु नै गलत भएको बताए । अस्पतालका सटरहरूमा पटक–पटक विवाद हुँदै आएको छ । ४ वर्ष अगाडि बुटवलका सडक विस्तारका क्रममा भत्किएका सटरको पुनःनिर्माण गरी टेन्डरको प्रक्रियामा लैजाने/नलैजाने विषयमा पनि ठूलो विवाद भएको थियो । अन्ततः अस्पताल प्रशासनले टेन्डर प्रक्रियामार्फत सटर भाडामा लगाउँदै अस्पतालको आम्दामी बढेर वार्षिक ८ करोड रूपैयाँ पुगेको छ । 

अस्पतालमा दैनिक १ हजार बिरामी उपचारको लागि आउने गर्छन् । १ सय ९ वर्ष पुरानो अस्पतालमा सरकारको ध्यान नपुग्दा सबै क्षेत्र लथालिङ्ग जस्तै छ । हाल प्रदेश सरकारले हात हालेर स्तरोन्नति गरी उपचार सेवालाई प्रभावकारी बनाउने अभियान थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x