×

NMB BANK
NIC ASIA

कस्तो छ अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

मंसिर १२, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा आएको अर्को जटिल चुनौतीको सामना गरेका छन् । मिर्गौला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो । तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । 

Muktinath Bank

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले उनी नियमित डायलाइसिसमा छन् । तर, यसबीचमा पनि उत्तिकै सक्रिय उनलाई सोमबार मध्यरातिबाट अचानक पेट दुख्न थालेको थियो । पेटको दुखाइ बढ्दै गएपछि मंगलबार बिहान उनको निजी सचिवालयले निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई खबर गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाह बालुवाटार पुग्दा प्रधानमन्त्री ओली असैह्य पीडाले छटपटाइरहेका थिए । शाहले मुटुरोग विशेषज्ञ डा. अरुण सायमीलाई खबर गरेपछि ओलीलाई शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लग्ने निधो भएको थियो । यो सेन्टर मूलतः मुटुरोगसम्बन्धी हो, यहा“को आइसियू अत्याधुनिक र व्यवस्थित भएकाले ओलीलाई अरू समस्या हु“दा पनि यो अस्पताल लग्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

मंगलबार बिहान करिब साढे ९ बजे ओली अस्पताल पुग्दा नपुग्दै सम्बन्धित सबैजसो डाक्टर जम्मा भइरहेका थिए । ‘तर, सेन्टरमा आइसियू खाली थिएन । त्यसैले अर्को कोठालाई तुरुन्तै आइसियूमा परिणत गरियो, हामीसँग समय थिएन । अप्रेसनको तयारी पनि तुरुन्तै भयो,’ डा. सायमीले नयाँ पत्रिकासँग भने ।

Vianet communication

 ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको प्रारम्भिक अनुमान थियो । तर, ‘एपेन्डिक्स’को संक्रमण फैलिएर आन्द्रासम्म पुगेको थियो अर्थात् उनलाई ‘पेरिटोनाइटिस’ भएको थियो । ‘संक्रमण फैलँदो थियो । त्यसैले अप्रेसनअघि र पछि पनि संक्रमण फैलने र अनियन्त्रित हुने जोखिम थियो ।

प्रधानमन्त्रीको जटिल स्वास्थ्य अवस्थालाई देखेर एक–दुईजना डाक्टरले निर्णय गर्न सक्ने अवस्था थिएन । त्यसैले ठूलो समूहलाई सामेल गराइएको थियो,’ उपचारमा संलग्न एक डाक्टरले भने, ‘सामूहिक निर्णयले तुरुन्तै अप्रेसन सुरु गरिएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहबाहेक सेन्टरका प्रमुख डा. उत्तम श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. सायमी र डा. भगवान कोइराला, सर्जरी विभागका रमेशसिंह भण्डारी र डा. पलेस्वा जोशी, एनेस्थेसियाका डा. सुभाष आचार्य र डा. विश्वास प्रधानलगायतको टोली यो प्रक्रियामा सहभागी थियो । 

सर्जरी विभागका डा. भण्डारी र डा. पलेस्वाले प्रधानमत्रीको शल्यक्रिया गरेका थिए । करिब ४५ मिनेटको शल्यक्रियापछि उनलाई आइसियूमा सारिएको थियो । आइसियूमा प्रधानमन्त्रीको रेखदेख गर्न डा. सुभाष आचार्य र डा. विभुष श्रेष्ठ तयार थिए । हरेक घन्टा प्रधानमन्त्रीको रगत, पिसाबलगायत स्वास्थ्य जाँच भइरहेको थियो ।

मुख्यतः उनको ब्लडप्रेसर कम भएकाले डाक्टरहरू गम्भीर थिए । उता एन्टिबायोटिक औषधिले अप्रेसनको घाउ निको हुने मात्र होइन, पेटको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा थियो । तर, बुधबार बिहानसम्म आएका रिपोर्टहरूले डाक्टरहरूलाई पनि सन्तोष दिएको छ । ‘संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको देखियो, त्यसैले उहाँको अप्रेसन गर्दा मुखमा राखिएको मास्क हटाइयो,’ डा. सायमीले भने, ‘हामीले अपेक्षा गरेकै गतिमा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको छ, केही झोल पनि खानुभयो । उहाँ कुर्सीमा पनि बस्नुभयो, मैले त अब फेरि पोखरातिर जान मन लागिसक्यो होला होइन भनेर पनि जिस्क्याएँ ।’ प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भए पनि उनलाई आइसियूमै राखिएको छ ।

यसबीचमा उनको डायलाइसिस पनि भइरहेको छ । शल्यक्रियापछि मंगलबार राति र बुधबार पनि उनको डायलाइसिस भएको छ । पेटको संक्रमण रगतमा फैलने जोखिम घटाउन पनि डाइलाइसिसको मात्रा पनि बढाइएको छ । जोखिमलाई ध्यान दिएर चौबिसै घन्टा कन्सल्ट्यान्ट डाक्टर आइसियूमा खटिएका छन् ।

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन आइसियूमा राखिनेछ । सामान्य वार्डमा सार्दा भेट्न आउनेको भिड हुने भन्दै अस्पतालले संक्रमणको जोखिमबाट बचाउन पनि ओलीलाई आइसियूमै राखिएको छ । श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालय र परिवारका सदस्यबाहेकलाई भेट्न दिइएको छैन । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता नारायणकाजी श्रेष्ठ अस्पताल पुगेका थिए । डाक्टर, ओलीको सचिवालयका सदस्य तथा परिवारका सदस्यहरूबाट जानकारी लिएर उनीहरू फर्किएका छन् । नयाँ पत्रिकामा खबर  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x