×

NMB BANK
NIC ASIA

ब्याडमिन्टनमा मात्रै भारतले थप्यो चार स्वर्ण

मंसिर २०, २०७६

NTC
Premier Steels

तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ ।

Muktinath Bank

यही मंसिर १५ गतेदेखि पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल भएको हो । ब्याडमिन्टनको कूल पाँच स्वर्ण, पाँच रजत र पाँच काश्यका लागि भएको स्पर्धामा एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले महिला तथा पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलंकाले महिला व्यक्तिगत स्वर्ण पदक जित्न सफल भयो । भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन् ।


Advertisment
Nabil box
Kumari

पुरुष एकलतर्फ सिरिल बर्माले भारतकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलंका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलंकाले जितेको छ । 

Vianet communication

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते ।

रजत पदक श्रीलंकाले जितेको छ । महिला डबल्समा श्रीलंकाका थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलंकाले नै जितेको हो ।

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x