×

NMB BANK
NIC ASIA

उपनिर्वाचनमा २१९ उम्मेदवारको जमानत जफत

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपनिर्वाचनमा सहभागी दुई सय १९ जना उम्मेदवारले जमानत फर्काउन सकेनन् ।

Muktinath Bank

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका १९, प्रदेश सभा सदस्यका ३६ र स्थानीय तहका प्रमुख पदका १ सय ६४ जना उम्मदेवारको जमानत जफत भएको हो । त्यसमध्ये ८४ जना स्वतन्त्र उम्मेदवार छन् । १३५ उम्मेदवार राजनीतिक दलबाट उम्मेदवारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मतसमेत नल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । उपनिर्वाचनमा भाग लिएका ३ सय ३७ उम्मेदवारमध्ये २ सय १९ उम्मेदवारले खसेको मतको दश प्रतिशत मतसमेत नपाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभातर्फ कास्की–२ मा २१ उम्मेदवारमध्ये १९ जनाको जमानत जफत भएको छ । नेकपा र कांग्रेसबाहेक सबै उम्मेदवारको जमानत फर्किएन । त्यसमध्ये नौ उम्मेदवार राजनीतिक दलबाट र बाँकी १० स्वतन्त्र हुन् । कास्की–२ मा समाजवादी, साझा, राप्रपा, राप्रपा संयुक्त, नेकपा माले, राष्ट्रिय जनमुक्ति, मंगोल नेसनल अर्गनाइजेसन, कांग्रेस (बिपी) र देशभक्त समाजका उम्मेदवारको जमानत जफत भएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै, प्रदेश सभा सदस्यको उपनिर्वाचनतर्फ ३६ जनाको जमानत फर्किएन । भक्तपुर–१ (क) मा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । दाङ–३ (ख) मा १२ जना र बाग्लुङ–२ (ख) मा ८ जना उम्मेदवारले जमानत गुमाएका छन् । त्यसमध्ये १४ जना स्वतन्त्र उम्मेदवार हुन् । उपनिर्वाचनसम्बन्धी निर्देशिकाको दफा–२४ बमोजिम प्रतिनिधि सभा सदस्यका उम्मेदवारले १० हजार, प्रदेश सभा सदस्यका उम्मेदवारले ५ हजार, स्थानीय तहमा प्रमुख वा उपप्रमुखका उम्मेदवारले १५ सय र वडाध्यक्षका उम्मेदवारले एक हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । ऐनले महिला र दलित वा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्नेलाई पचास प्रतिशत छुटको व्यवस्था गरेको छ । 

सदर मतको दश प्रतिशत प्राप्त नगर्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । आयोगले धरौटी जफत नभएका उम्मेदवारलाई निर्वाचन सकिएको ९० दिनभित्र धरौटी रकम फिर्ता गर्दछ । जफत भएको र फिर्ता नभएको धरौटी रकमसमेत आयोगको सञ्चित कोषमा जम्मा हुने व्यवस्था रहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x