×

NIC ASIA

मेहेनतीका कुरा

पौरखी दलबहादुर : सरकारी जागिर छाडेर बाख्रापालन

पुस १२, २०७६

Prabhu Bank
NTC
Premier Steels

सरकारी जागिरप्रति युवामा आकर्षण बढ्दो छ । युवाको निजामती, शिक्षक तथा सेनाप्रहरीदेखि बैंकिङ क्षेत्रमा जागिर गर्ने चाहना दैनानुदिन बढ्दो छ । तर कतिपय व्यक्तिहरू यस्ता पनि छन् जो सरकारी जागिर छाडेर कृषि तथा पशुपालनमा लागेका छन् ।

Muktinath Bank

प्रदेश पाँचको प्यूठान जिल्लाका एक युवा स्थायी शिक्षण पेशा त्यागेर बाख्रा पालनमा रमाएका छन् । प्युठानको माण्डबी गाउँपालिका–२ का दलबहादुर खत्रीले शिक्षण पेशा त्यागेर ८ वर्षदेखि व्यावसायिक बाख्रापालन गरी प्रदेश पाँचमै उदाहरण बनेका छन् । खत्री प्रदेशमै कृषि कर्ममा लाग्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् । तर उनको बाख्रापालनमा लाग्नुपर्ने कारण भने पृथक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षण पेशा छाडेर सिंगापुरदेखि–बहराइनसम्म


Advertisment
Nabil box
Kumari

२०४६ सालदेखि प्युठानकै सुधा मावि झ्यालनेटामा पठाउने थाले, २०४८ सालमा उनको पढाउँदै शिक्षा सेवा आयोगको परीक्षा दिएपछि प्रावि तहको स्थायी शिक्षकका नाम निस्कियो । पढाउँदै गए । प्रावि तहको शिक्षण पेशाको तलबले सात जनाको परिवारको पालनपोषण गर्न पुगेन । तलबले नधानेपछि पारिवारिक समस्याले थिच्दै लगेपछि वैदेशिक रोजगारमा जाने सोच बनाए ।

Vianet communication

नेपालगञ्जका एक जना एजेन्टमार्फत उनी पर्यटक भिषामा सिंगापुर पुगे । तीन लाख रुपैयाँ खर्च गरेर सरकारी जागिर चटक्कै छाडेर २०५२  सिंगापुर हानिएका खत्री उतै पक्राउ परे । भिटिज भिषामा गएका उनलाई काम गरेको भन्दै प्रहरीले २८ दिन हिरासतमा राख्यो । त्यसपछि उनी घर फर्काइए । उनले पढाउँदै गरेको विद्यालयमा अन्य शिक्षक नआएको भएपछि पुन: अध्यापन गराउन लागे । खेतीपाती गर्दै पढाए ।

विदेशको भूतले उनलाई छाडेको थिएन । २०६८ मा आकर्षक तलम मासिक ५० हजार कमाई हुने कम्पनीमा पठाइदिन्छु भन्दै दलालको सम्पर्कमा उनी पुगे । मासिक ५० हजार रुपैयाँ कमाई हुने भन्दै बहराइन पुगेको उनलाई जम्मा १५ हजार तलब हुने कम्पनीमा काम लगाइयो । दोस्रो पटकको वैदेशिक यात्राले पनि उनलाई धोका दियो । एक महिनामै पुन: स्वदेश फर्किए । उनले दह्रो अठोट लिए- अब देशमै केही नमूना काम गरेर देखाउँछु ।

२०६९ मा गाउँमै लेकाली बाख्रापालन तथा दाना उद्योग दर्ता गरेर व्यावसायिक बाख्रापालन शुरू गरे । १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण लिएर उनले ५९ वटा पाठा/पाठीबाट शुरू गरेको उनको फर्ममा अहिले ३ सय ५० भन्दा बढी बाख्रा छन् । ‘धादिङको बाग्मती बाख्रा फर्मबाट मैलै बाख्राका पाठा ल्याएर बाख्रापालन शुरू गरे । अहिले यसैमा खुशी छु ।’

‘मलाई सरकारी जागिर भन्दै केही व्यवसाय गरौं भनेर सरकारी शिक्षण पेशा छाडेर बाख्राको गोठालो भएको छु । पेशाभन्दा परिश्रममा रमाएर सन्तुष्ट छु,’ मुस्कुराउँदै खत्रीले भने । उनको फर्ममा अहिले व्यवासिक पालनका लागि बाख्रा किन्नेहरूको भीड लाग्ने गर्छ । उनले पाठी प्रतिकेजी १३ सय र पाठा बियाठेका लागि १५ सय रुपैयाँ केजीमा बिक्री गर्ने गर्छन् । पाठापाठी किन्न रोल्पा, बाग्लुङसम्मबाट किसानहरू आउने गर्छन् । ४८ वर्षीय खत्रीको काममा श्रीमती छोराछोरीले पनि साथ दिएका छन् ।

कामको खोजीमा विदेश जाने खोज्नेहरूलाई देशमै केही गर्न सुझाव दिन्छन् । ‘म दुई-दुई पटक विदेश जाँदा ठूलो दुःख पाएँ । अन्य नेपाली युवाको पनि यही हालत हुँदो हो । जाँगर र आँटका साथ काम गरे नेपालमै सुन फलाउन सकिन्छ,’ खत्री भने । आफ्नै गाउँठाउँमा मेहनत गरेमा आर्थिक रूपमा बलियो हुन विदेश जान नपर्ने भन्दै उनले आत्मनिर्मर बन्न चाहनेहरूका लागि बाख्रापालन राम्रो विकल्प रहेको बताए ।

बोयर बाख्राको केन्द्र बन्दै फर्म

शुरूका दुई वर्ष राम्रो कमाई हुन नसके पनि पछिल्ला वर्षहरूमा उनले वार्षिक १२ देखि १८ लाखको कमाई गर्दै आएका छन् । उनको फर्ममा अहिले बोयर, क्रस, साना र खरी जातका बाख्रा छन् । उनीको दैनिकी बाख्राको रेखदेख र सुसारमा बित्छ । खत्री अहिले आफ्नो फर्मलाई बोयर बाख्रा उत्पादनको केन्द्र बनाउने अभियानमा जुटेका छन् ।

उनी योजना सुनाउँछन्, 'अबको एक वर्षमा फर्ममा पाँच सय बाख्रा पुर्‍याउँछु र यहाँ बोयर बाख्रा उत्पादनको कन्द्रको रूपमा विकास गर्ने अभियानका साथ जुटेको छु ।’ उनी जिल्लाकै पहिलो व्यावसायिक बाख्रा पालन गर्ने पहिलो किसान पनि बनेका हुन् । अहिले उनको सिको गर्दै ९ वटा व्यवसायिक बाख्रा फर्म सञ्चालनमा आएका छन् । उनको फर्मका लगानी ५० लाख रुपैयाँ पुगेको छ । परम्परागत अनुसार बाख्रापालन राम्रो नहुने उनी बताउँछन् । 'आधुनिक प्रविधिका खोर बनाउनुपर्छ । खोरमा बाख्रालाई चिसो नभेट्ने खालको बनाउनुपर्छ । दाना पानी समय समयमा दिनुपर्छ,' उनी भन्छन् ।

उत्कृष्ट कृषकको रूपमा राष्ट्रपतिबाट सम्मानित

खत्रीको फर्म हेर्न आउनेको अहिले दैनिक ओइरा लाग्ने गरेको छ । उनीसँग बाख्रापालनबारे बुझ्न दैनिक ५/७ जना भेट्न आउने गर्छन् । ‘म घरबाहिर खासै हिँड्दिनँ । यहाँ बाख्राको दाना कसरी खुवाउने, खोरको व्यवस्थान कसरी गर्ने, डाले घाँस कस्तो लगाउने भन्ने बुझ्न दैनिक पाल्पा, दाङ, रुकुम रोल्पासम्मका किसानहरू आउने गर्नुहुन्छ,’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट किसानको रूपमा पुरस्कृत समेत भएका छन् उनी । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले उनलाई उत्कृष्ट कृषकको रूपमा सम्मान गरेको हो । त्यस्तै प्यूठान उद्योग वाणिज्य संघले पनि आफूलाई समान्न गरेको खत्रीले स्मरण गरे । पाठपाठी बिरामी नहुन् भनेर उनी भेटेरीनरी डक्टरसँग पनि निरन्तर छलफल गर्ने गर्छन् ।

६ जनालाई रोजगारी

उनका फर्ममा अहिले ६ जना कामदार पनि छन् । उनीहरू बाख्राको रेखदेख गर्नेदेखि दानापानी र डाले र भुईं घाँसमा खटिन्छन् । बाख्राका लागि डाले घाँस पनि उनले आफ्नो पाखो पखेरामा लगाएका छन् । उनले दश बिघा क्षेत्रफलमा घाँस लगाएका छन् । केही कामदार बाख्रा चराउन पनि लैजान्छन् कोही घास तयार पार्छन् कोही दाना बनाउन जुट्छन् । राज्यले खत्रीजस्ता युवालाई कृषि र पशुपालनमा लाग्न प्रोत्साहन गर्न सकेमा दश समृद्धिको बाटोमा जान ढिलाई हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x