कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
पुस १६, २०७६
प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णय पार्टीभित्रै विवादमा परेको छ ।
संविधानको भावना, संघीयताको मर्म र प्रदेश सभाको क्षेत्राधिकारविपरीत प्रदेशको नाम सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै नेकपाका प्रदेश सभा सांसदहरू आक्रोशित छन् ।
आइतवार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र प्रदेशको राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको सचिवाल सदस्य झलनाथ खनालले बताएका थिए ।
स्रोतका अनुसार सचिवालयका तीन सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले प्रदेशको नाम र राजधानी सम्बन्धमा पार्टीले केन्द्रबाट हस्तक्षेप गर्न नहुने धारणा राखेका थिए ।
‘प्रदेशको नाम राख्ने र राजधानी तोक्ने विषय प्रदेश सभाको अधिकार हो, यस विषयमा हामीले हस्तक्षेप नगरौं,’ तीन नेताले सचिवालय बैठकमा भनेका थिए ।
प्रदेश ३ को नाम र राजधानीबारे नेकपाको निर्देशनलाई लिएर अन्य प्रदेशमा समेत बहस सिर्जना भएको छ ।
नेकपा स्रोतका अनुसार बैठकमा गौतमले हेटौंडामा प्रदेशको राजधानी कायम गर्दा प्रदेशकै ठूलो भू–भागलाई असुविधा हुने तर्क गरेका थिए ।
२१ गतेदेखि शुरू हुने प्रदेश सभाको हिउँदे अधिवेशनको मुख्य कार्यसूची प्रदेशको नाम र राजधानीको निर्णय गर्नेगरी तयारी भएको प्रदेश सभा सचिवाल स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनबाट प्रदेश राजधानी टुंगो लाग्ने बताउँदै आएका छन् ।
नेकपाभित्रका असन्तुष्ट समूह भने केन्द्रले दिएको निर्णय आफूहरूलाई स्वीकार्य नभएको बताउँछन् ।
‘प्रदेशको नाम राख्ने र राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको हो, केन्द्रले हस्तक्षेप गर्नु प्रदेश सभाको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो,’ नेकपाका सांसद लक्ष्मण लम्सालले लोकान्तरसँग भने, ‘अधिवेशनअगाडि बस्ने संसदीय दलको बैठकमा कुरा उठाउँछौं ।’
नेकपा सचिवालयको निर्णयले संघीयताप्रति प्रश्न उठाइरहेको समूह र तप्कालाई खेल्ने मौका मिलेको लम्सालको जिकिर छ ।
हेटौंडाबाट राजधानी सार्नुपर्ने पक्षमा सभाका बहुसंख्यक सदस्य रहेको उनको दाबी छ ।
प्रदेशको नाम बाग्मती राख्ने निर्णय नेकपाले गरेपछि मंगलवार काठमाडौंमा ‘पहिचान पक्षधर’ समुदायले प्रदर्शन समेत गरेका थिए । उनीहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्ने माग गरे ।
नेकपाकै अर्का सांसद् चन्द्रबहादुर लामाले हेटौंडालाई राजधानी कायम गर्ने निर्णय आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।
‘मकवानपुर र चितवनबाहेकका जिल्लालाई प्रदेशको राजधानी हेटौंडा कुनै हालतमा उपयुक्त छैन,’ लामाले लोकान्तरसँग भने, ‘काभ्रेलाई राजधानी बनाउँदा सबैलाई उयपुक्त हुन्छ ।’
प्रदेश सभाको क्षेत्राधिकारविपरीत नेकपाले प्रदेशको नाम र राजधानी सिफारिश गरेको भन्दै नेपाली कांग्रेस लगायतका दलले पनि आलोचना गरेका छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...