×

NMB BANK
NIC ASIA

युक्रेनका प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गरेको सार्वजनिक भएपछि गरे राजीनामाको प्रस्ताव

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोनचारुकले राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीलाई अर्थतन्त्रको ज्ञान छैन भनी बारम्बार आलोचना गरेको अडियो टेप लीक भएपछि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

Muktinath Bank

‘राष्ट्रपतिप्रतिको सम्मान र विश्वासका सम्बन्धमा रहेको कुनै पनि शंकालाई निवारण गर्न मैले एक राजीनामापत्र तयार गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरेको छु,’ गोनचारुकले आफ्नो आधिकारिक फेसबूक पेजमा लेखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उक्त अडियोबाट ‘मेरो टीम र मैले राष्ट्रपतिलाई सम्मान नगरेको कृत्रिम प्रभाव पारेको छ’ भने ।


Advertisment
Nabil box
Kumari

‘त्यो सत्य छैन,’ उनले भने । ‘म राष्ट्रपतिका कार्यक्रमको कार्यान्वयन गर्न यस पदमा बसेको हुँ ।’

Vianet communication
Laxmi Bank

जेलेन्स्कीको कार्यालयले प्रधानमन्त्रीको राजीनामापत्र प्राप्त गरेको र त्यसमाथि विचार गर्ने जनाएको छ । 

प्रधानमन्त्रीको अडियो रेकर्डिङ यसै साता आएको थियो । गत डिसेम्बरमा मन्त्रीहरू अनि राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरूको अनौपचारिक बैठकमा यो अडियो रेकर्ड गरिएको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार, बैठकमा सहभागी भएकाहरूले अहिलेका आर्थिक विकासका बारेमा राष्ट्रपतिलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा छलफल गरेका थिए । 

जेलेन्स्की कमडियन हुन् र राजनीतिक रूपमा नवप्रवेशी हुन् । पोहोर साल उनले आश्चर्यजनक रूपमा चुनाव जितेका थिए । 

गोनचारुकले व्याख्याहरू सरल हुनुपर्ने किनकि जेलेन्स्कीलाई अर्थतन्त्रका बारेमा प्राथमिक ज्ञान मात्र रहेको भनी बोलेको अडियो रेकर्डमा सुनिन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x