×

NMB BANK
NIC ASIA

आस्था राउत प्रकरण : विवादमा किन पर्छ प्रहरीको व्यवहार ?

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुर्व्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ । १ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् । 

Muktinath Bank

गायिका राउतले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि विवाद सुरु भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुजेटअनुसार कफी र ज्याकेटलाई लिएर विवाद सुरु हुन्छ । एक्सरे गेटबाट प्रवेश गरेपछि महिला प्रहरीले ज्याकेट खोल्न आग्रह गर्दा राउत रिसाउँछिन् । हातमा रहेको कफीको कप पनि राख्न लगाउँछिन् । आक्रोशित हुँदै राउत ज्याकेट डेटल डिटेक्टर मेसिनमा राखेर चेकिङमा आउँछिन् । महिला प्रहरी रमिता श्रेष्ठले शरीर चेकजाँच गरी उनलाई कफी फिर्ता दिन खोज्छिन् । उनी लिन मान्दिनन् । उल्टो प्रहरीलाई गाली गरेपछि विवाद सुरु भएको देखिन्छ । त्यही क्रममा उनको कफी झोलामा पोखिन्छ । महिला प्रहरीले सुरुमा हात तानेर जबर्जस्ती दिन खोज्छिन् । पछि झोलाभित्रै राखिदिन खोजेपछि भनाभन हुन्छ । त्यही विषयलाई लिएर राउतले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा भिडियो राखेपछि विवाद सार्वजनिक भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले त्यसको ‘काउन्टर’मा शुक्रबार सिसिटिभी भिडियो सार्वजनिक गरेको छ । भिडियोमा प्रहरी चेकजाँचलाई राउतले असहयोग गरेको देखिन्छ । तर, प्रहरीले आफ्नो बचाउका लागि विमानस्थलको संवेदनशील भिडियो अनौपचारिक रूपमा सार्वजनिक गरेको हो । 


Advertisment
Nabil box
Kumari

प्रहरीमाथि लगाएका आरोपमा राउतले माफी मागेकी छिन् । तर, आफूमाथि दुर्व्यवहार नै भएको उनको दाबी छ । ‘तँ’ भनेर हेपेको तथा कफी झोलामा पोखिदिएको उनको आरोप छ । गायिका राउतले आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा उजुरी गरेपछि यो प्रकरण झन् पेचिलो बनेको छ । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी सैलेश थापा क्षत्रीले बताए । 

Vianet communication
Laxmi Bank

विमानस्थलको सो प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीको कुनै कमजोरी नदेखिएको उनको दाबी छ । ‘७५ हजारभन्दा ठूलो संगठनमा सानातिना कमजोरी हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यही विषयलाई लिएर समग्र प्रहरीलाई नराम्रो भन्नु गलत हो, पछिल्ला वर्ष प्रहरीले आफ्नो व्यवहारमा व्यापक सुधार गरेको छ ।’ 

समग्रमा प्रहरीको व्यवहार रुखो रहेको राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । ‘सर्वेन्द्रजी र पुष्करजीले राम्रोसँग बोलेर मात्र प्रहरीप्रति जनता खुसी हुन सक्दैनन्,’ उनी भन्छिन्, ‘प्रत्यक्ष रूपमा जनतासँग डिल गर्ने प्रहरीको व्यवहारमा आमूल परिवर्तनको खाँचो छ ।’ 

आफैँ पनि प्रहरीको व्यवहारबाट पीडित भएको उनको अनभुव छ । भन्छिन्, ‘पद थाहा नहुँदा रुखो व्यवहार हुन्छ, पद थाहा पाएपछि अर्कै व्यवहार हुन्छ, त्यो ठीक होइन, आमव्यक्तिलाई प्रहरीले सधैँ नरमता देखाउनुपर्छ ।’ दैनिक जनतासँग डिल गर्ने एयरपोर्टजस्ता ठाउँमा काम गर्ने प्रहरीलाई व्यवहारसम्बन्धी विशेष तालिमको आवश्यकता हुने उनको भनाइ छ । आमनागरिकलाई प्रहरीले अपराधीको जस्तो व्यवहार हुने गरेको उनी बताउँछिन् । 

प्रहरीको व्यवहारको विषय लामो समयदेखि उठ्दै आएको छ । खासगरी तल्लो तहका प्रहरीको व्यवहार राम्रो हुन नसकेको प्रहरी अधिकारीहरूले आफैँ पनि स्वीकार गर्दै आएका छन् । सुधारका लागि विभिन्न प्रयास पनि गर्दै आएको छ । 

यसका पछाडि समाज, प्रहरीको तालिम र सुविधासमेत जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् । समाज जस्तो छ, प्रहरी त्यसभन्दा फरक हुन नसक्ने उच्च प्रहरी अधिकारीहरूको भनाइ छ । पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, ‘प्रहरी भनेको समाजको एउटा भाग हो, समाज जस्तो छ, प्रहरीमा समाजको अनुहार देखिन्छ ।’ 

प्रहरीको व्यवहार कमजोर हुनुमा आधारभूत तालिममा पनि कमजोरी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीलाई जनताको सेवक हौँ भन्ने भावना आउने गरी गरी तालिम दिने प्रणाली विकास हुन सकेको छैन । प्रहरीले पनि आफूलाई शासक ठान्ने गरेका छन् । त्यस्तै, प्रहरीको रुखो व्यवहार उनीहरूको सेवासुविधासँग समेत जोडिने गरेको छ । ‘दिनमा १५ घन्टासम्म ड्युटीमा खटिनुपर्ने, तर तलबले जीवन धान्नसमेत नपुग्ने अवस्थामा हाँसेर प्रहरीले सेवा दिन गाह्रै हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीको रासन–भत्तासमेत नबढेको चार वर्ष भइसक्यो, यस्ता कुरामा पनि ख्याल गरिनुपर्छ ।’

सर्वसाधारणलाई सरकारी निकायमध्ये सबैभन्दा धेरै प्रहरीकै खाँचो हुन्छ । तैपनि प्रहरीप्रति सर्वसाधारणको धारणा नकारात्मक हुने गरेको छ । फिल्डमा खटिने प्रहरीको बोली र व्यवहारकै कारण प्रहरीप्रति नकारात्मक धारणा बन्ने गरेको छ । सर्वसाधारणको धारणा सकारात्मक बनाउन प्रहरीले मुस्कानसहितको सेवा, प्रहरी मेरो साथी र पछिल्लोपटक समुदाय–प्रहरी साझेदारी कार्यक्रम चलाएको छ । तैपनि प्रहरीको व्यवहारमा अपेक्षित परिवर्तन हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x