×

NMB BANK
NIC ASIA

महानागरवासीलाई सैनिक अस्पतालमा हेमोडाइलासिस सेवा

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ महानगर र नेपाली सेनाको सहकार्यमा मंगलबारबाट वीरेन्द्र  सैनिक अस्पताल छाउनीबाट मृगौलापीडिको हेमोडाइलासिस सेवा शुरु भएको छ।

Muktinath Bank

महानगरको वडा १५ का ६४ वर्षीय चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सेवा सञ्चालन गर्न गत पुस २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ। 


Advertisment
Nabil box
Kumari

सेवा शुरु भएपछि महानगरले अबलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाका बिषयमा कुरा गर्दै प्रमुख शाक्यले आफू उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताए।

Vianet communication
Laxmi Bank

‘एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर हामीले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेका छौं,’ उनले भने, ‘सहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौं । अस्पतालमा गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् यसका लागि हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौं।’

सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओपिडि सेवा,आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ।

थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ। थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिइनेछ। त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ।
 
महानगरले सहरी स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको जनाएको छ। रगतमा भएका तत्व छुट््याउनको प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यस अघि सम्झौता भइसकेको छ। त्यस्तै, अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता हुने भएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x