×

NMB BANK
NIC ASIA

राजनीतिक आडमा अवैध क्रसर

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 झापा बिर्तामोडका केदार गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका पूर्वअध्यक्ष पनि हुन् । उनले एक दशकदेखि बिर्तामोड–६ बुट्टाबारी चिया बगान नजिक मापदण्ड मिचेर क्रसर उद्योग चलाइरहेका छन् ।

Muktinath Bank

गौरादह–१ मा जेपी बालुवा प्रशोधन केन्द्र छ । यसका सञ्चालक हुन् जगत राई । पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत गुरुङ चोकैमा यो केन्द्र छ । बालुवा प्रशोधन केन्द्रका नाममा स्वीकृति लिइएको छ तर त्यहाँ बालुवा मात्रै चालिँदैन, गिट्टी, ढुंगा र रोडासमेत प्रशोधन हुन्छ । उद्योगको नजिकै घना बस्ती छ । त्यसको परवाह न सञ्चालकलाई छ, न स्थानीयलाई । राई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीनिकट मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरी र राई जस्तै राजनीतिक पहुँच भएका झापाका केही व्यक्तिले राजनीतिक आडमा खुलेआम अवैध क्रसर सञ्चालन गरिरहेका छन् । ती कोही कांग्रेस, नेकपालगायत पार्टीमा संलग्न छन् । कोही भने तिनका नाम चलेका नेतानिकट छन् ।


Advertisment
Nabil box
Kumari

गिरीको कञ्चनजंघा क्रसर उद्योग पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ । क्रसर उद्योग सञ्चालन मापदण्डअनुसार खोलाको किनारभन्दा ५ सय मिटर, हाइटेन्सन लाइनभन्दा सय मिटर, राजमार्गबाट ५ सय मिटर र शिक्षण संस्था, सुरक्षा निकायलगायतका क्षेत्रबाट २ किलोमिटर बाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ ।

Vianet communication
Laxmi Bank

मापदण्डविपरीतको क्रसर हटाउन घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले दर्जनौं पटक ताकेता गरेको छ । ‘राजनीतिक नेतृत्व र प्रशासनसँगको सम्बन्धका कारण कार्यान्वयन गर्नै मान्दैनन्,’ घरेलु कार्यालय स्रोतले भन्यो । घरेलु तथा साना उद्योग कार्यालय झापाले दुई महिना अघिसमेत क्रसर हटाउन अनुरोधसहितको पत्र पठाएको थियो । पत्रको बेवास्ता गरेको कार्यालय प्रमुख छविलाल खतिवडाले बताए । गिरीले भने क्रसर उद्योग हटाउने आशयको पत्र कसैले नपठाएको दाबी गरेका छन् ।

कांग्रेसकै अर्का जिल्लास्तरका नेता शेरबहादुर थापाले पनि अर्जुनधाराको टाङटिङ खोला किनारमै निर्धक्क रूपमा जयकाली भगवती रोडा उद्योग सञ्चालन गरेका छन् । मापदण्डअनुसार खोला किनारमा क्रसर सञ्चालन गर्न मिल्दैन ।

दमक नगरपालिकाभित्र पर्ने मावा खोला क्षेत्रमा तीन उद्योग छन् । तीनै वटा नेकपानिकट कार्यकर्ताको हो । दमकका राजकुमार थापाको दमक–९ को बेतेनी खोला किनारमा एआरआर कंक्रिट उद्योग छ । उनका दाजु गुणराजले दमक–३ स्थित मावा खोलाको बगरमा टीएचओ बालुवा प्रशोधन केन्द्र र भान्जा विनोद थापाले इन्द्रभवानी बालुवा प्रशोधन केन्द्र चलाएका छन् ।

राजकुमार तत्कालीन एमाले युवा संघ झापा क्षेत्र नम्बर ५ का अध्यक्ष थिए । हाल उनी युवा संघका प्रदेश सदस्य हुन् ।बालुवा प्रशोधन र कंक्रिट उद्योग भनेर घरेलुमा दर्ता भएको राजकुमारले बताए । तर बालुवा प्रशोधनका नाममा कतिपय उद्योगले क्रसर नै सञ्चालन गरेको पाइएको छ । ‘अब अनुगमन गरी नवीकरण रोक्का गर्छौं,’ घरेलु कार्यालयका प्रमुख खतिवडाले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार १२ वटा क्रसर उद्योग दर्ता छन् । मापदण्ड नपुगेका कारण ५ वटा उद्योग यसअघि नै बन्द भइसकेका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सबै क्रसर मापदण्डविपरीत सञ्चालन भइरहेको दाबी गरे । ‘मापदण्ड पूरा गरेर सञ्चालन गर्न पत्र लेखेका छौं । कसैले टेरेका छैनन्,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x