कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले जेरुसेलममा रहेको फ्रान्सेली चर्चमा सशस्त्र इजरायली सुरक्षा गार्डहरूले पछ्याएपछि रिसाएर अंग्रेजीमा गाली गरेका छन् ।
बुधवार जेरुसेलमको ओल्ड टाउनमा रहेको सेन्ट एन्नी चर्चमा हिँड्दै गर्दा सुरक्षा अधिकारीहरूले कूटनीतिक मर्यादा भंग गरेपछि म्याक्रों रिसाएका हुन् ।
‘सबैलाई नियम थाहा छ,’ म्याक्रों चिच्याए । ‘तिमीले मेरोअगाडि गरेको काम मलाई मन परेन । बाहिर जाऊ ।’
एक इजरायली अधिकारी चर्चबाट बाहिर जान नमानेपछि म्याक्रोंले भने, ‘तिमीलाई नियम थाहा छ । कसैले पनि उत्तेजित बनाउनुहुँदैन । हामीहरू शान्त छौं । हामीले राम्रो कुराकानी गर्यौं । तिमीहरूले शहरमा राम्रो काम गरेका छौ । म त्यसको प्रशंसा गर्छु । तर नियमको सम्मान गर किनकि ती नियम शताब्दियौंदेखि छन्, ती म आउँदा परिवर्तन हुँदैनन् । त्यसैले सबैले नियमको सम्मान गर्नुपर्छ ।’
म्याक्रों चर्च अफ द होली सेपलकर पनि पुगेका थिए र त्यहाँ रहेका पादरीहरूसँग भेटघाट गरेका थिए ।
उनी सेन्ट एन्नीज चर्च पुग्दा सुरक्षा गार्डले कूटनीतिक मर्यादा उल्लंघन गरेका हुन् । उक्त चर्च ओट्टोमान साम्राज्यले नेपोलियन तेस्रोलाई सन् १८५६ मा दिएदेखि फ्रान्सको सम्पत्तिमा रहेको छ ।
म्याक्रोंले सुरक्षा गार्डहरूलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...