माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् ।
वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।
राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।
‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दु:खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए ।
तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएको एयरबस ३३० जहाजका क्याप्टेन श्रवण रिजालले बताए । निगम व्यवस्थापन सुधार हुनुपर्ने, साथै विदेशी पाइलट र नेपाली पाइलटको विभेद अन्त्य हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको रिजालले बताए । ‘व्यवस्थापनसँग पटक–पटक यी विषय राखे पनि सुनुवाइ नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएका हौँ,’ रिजालले भने, ‘नियमित प्रक्रियाअनुसार जाने हो भने एक महिनाअगाडि राजीनामा दिनुपर्ने नियम छ । तर, हामीले आन्दोलनस्वरूप तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हौँ,’ रिजालले भने । निगमले विदेशी पाइलटलाई मासिक २३ लाख पारिश्रमिक दिने गरे पनि नेपाली क्याप्टेनलाई भने कम तलब दिने गरेको छ । ‘नेपालीलाई पनि २३ लाख नै तलब दिनुपर्यो भन्ने हाम्रो माग होइन, नेपाली क्याप्टेन नै तयारी गरी विदेशीमाथि हुने फजुल खर्च रोक्नुपर्यो भन्ने हो,’ रिजालले भने ।
खरेलको राजीनामा स्वीकृत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले आइतबार दिएको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री भट्टराईले खरेलको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेका हुन् ।
नेपाली र विदेशी पाइलटमा विभेद
एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडीका लागि १६ जना क्याप्टेन भए पुग्छ । तर, अहिले १३ जना विदेशी पाइलट भर्ना गरिएको छ । निगमसँग अहिले नेपाली तीनजना क्याप्टेन र ११ जना को–पाइलट छन् । यी को–पाइलटमध्ये चारजनालाई आठ हजार डलर खर्च गरेर एक हप्ताको तालिम दिएमा तत्काल क्याप्टेनको जिम्मेवारी दिन सकिन्छ । त्यस्तै, दुई थान ३२० न्यारोबडी सिरिजका जहाजमा २१ जना नेपाली क्याप्टेन छन् । यसका लागि १४ जना क्याप्टेन भए पुग्छ । त्यहाँबाट पनि सातजना नेपाली क्याप्टेनलाई एक साताको तालिम दिएमा वाइडबडी उडाउन सक्छन् । तर, खर्च कटौतीको सामान्य उपाय हुँदा पनि निगम व्यवस्थापनले भने धमाधम विदेशी पाइलट भर्ना गरेको छ । निगमले समयमै तालिम दिएको भए एक वर्षअघि नै ३३० जहाजका लागि १५ जना नेपाली क्याप्टेन तयार भइसक्थे ।
विदेशी पाइलटको करसमेत निगमले आफैँ तिर्ने गरेको छ । तर, नेपाली पाइलटको भने स्वयं पाइलटले नै तिर्ने गरेका छन् । तलब मात्रै नभएर करमा समेत व्यवस्थापनले विभेद गरेको क्याप्टेन श्रवण रिजाल बताउँछन् । नेपाली क्याप्टेनले एक महिनामा ७५ घन्टा उडान गरेबापत दुई लाख ५० हजार पाउँछन् । त्यस्तै, सय घन्टासम्म उडान गरेबापत तीन लाख २० हजार रुपैयाँ पाउँछन् । तर, विदेशी पाइलटले भने ६ हप्ता काम गर्दा आठ हप्ताको तलब पाउँछन् । त्यस्तै, मासिक ५० घन्टा उडान गर्ने विदेशी पाइलटले २३ लाख नेपाली रुपैयाँ पाउँछन् । एक वर्षअघि नै नेपाली क्याप्टेन तयार गरेको भए ११ जना विदेशी क्याप्टेनको आवश्यकता पर्दैनथ्यो । यसरी निगम व्यवस्थापनले कमिसनको लोभमा परेर विदेशीको तलब–सुविधाबाट मात्रै निगमलाई मासिक दुई करोड ५३ लाख घाटामा पारेको छ । निगमले एक वर्षमा विदेशी पाइलटबाट मात्रै ३० करोड २६ लाखभन्दा बढी खर्च गरेको छ ।
क–कसले दिए राजीनामा
राजीनामा दिनेमा एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन् । त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका छन् ।
राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् । नयाँ पत्रिकामा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...