कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
माघ ११, २०७६
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रवार र शनिवार दिनभर नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी तथा सेनाका उच्च पदस्थ अधिकारी, कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न आवश्यक रणनीति बनाइरहेका थिए ।
प्रदेश राजधानीमा शनिवार गृहमन्त्री बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई नियन्त्रणमा लिएको बताइरहँदा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बजारमा दिनदहाडै खुला प्रदर्शन गरेका छन् ।
सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका कार्यकर्ताले ब्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका छन् । नेकपाका नेता तथा कार्यकर्तालाई झूटा मुद्दा लगाएर जेल र हिरासतमा राखिएकाले कार्यकर्ताको रिहाइका लागि दबाबमूलक संघर्ष गर्ने नीतिअनुसार विरोध प्रदर्शन गरिएको जनाइएको छ ।
विप्लव नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित धेरै कार्यकर्तालाई ‘ओली–प्रचण्ड सरकारले गैरन्यायिक ढंगले जेलमा राखेको’ विरोधमा प्रदर्शन गरिएको जनाइएको छ । सरकारले आस्थाका बन्दीलाई झूटा मुद्दा लगाएको र अदालतले छाड्न आदेश दिएपनि कानूनको बर्खिलाप हुने गरी पटक–पटक थुनामा राखेपछि गृहमन्त्री बादल सुर्खेतमै रहेका बेला दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गरिएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...