पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रान्तिको मोडेल संसारका कुनै पनि किताबमा नभेटिने बताएका छन्।
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक ‘जनताको जनवादका आधारहरू’ कोे शनिबार बिमोचन गर्दैै प्रचण्डले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको बताएका हुन्।
प्रचण्डले भने, ‘विश्व इतिहासमा पूँजीवादी क्रान्तिको नेतृत्व कम्युनिष्टहरुले गर्ने गरेका छन्। तर, नेपालले त्योभन्दा मौलिक मोडेलको विकास ग¥यो। हाम्रो क्रान्तिमा पूँजीपति वर्गलाई पनि साथ लियौं। यो मोडेल संसारको कुनै पनि किताबमा खोजेर भेटिँदैन।’
प्रचण्डले कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन भएको बताए। उनले भने, ‘कम्युनिष्ट आन्दोलन सामन्तवाद, साम्राज्यवादविरोधी आन्दोलन हो।
सामन्तवाद र वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्ष गरेर नै माओत्सेतुङले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नुभयो। क्रान्तिको नेतृत्व सर्वहारा वर्गको हातमा आयो। तर, हिन्दूस्तानको आन्दोलन त्यसो हुन सकेन।’
‘हिन्दूस्तानको कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुमा साम्राज्यवादसँग नरम नीति लिनु पनि थियो,’ प्रचण्डले भने, ‘त्यहाँको कम्युनिष्ट पार्टीले साम्राज्यवादसँग सङ्घर्ष गर्न सकेन। बरु, उल्टै साम्राज्यवादसँग सहकार्यको नीति लियो। त्यसको फाइदा डेमोक्र्याट्सहरुले उठाए। त्यसमा चीन र रुसका कम्युनिष्ट नेताहरुको सल्लाह पनि जिम्मेवार छ। त्यसकारण हिन्दूस्तानको कम्युनिष्ट आन्दोलन सोचेअनुसार अघि बढ्न सकेन। त्यसबाट हामीले गम्भीर शिक्षा लिएका छौं।’
प्रचण्डले जनताको जनवाद नेकपाको संक्रमणकालीन कार्यदिशा भएको बताए। उनले भने, ‘हामीले जनताको जनवादलाई संक्रमणकालीन कार्यदिशाका रुपमा अंगीकार गरेका छौं। समाजवादी क्रान्तिको तयारीका लागि यो एउटा बाटो हो। महाधिवेशनसम्म जाँदा हामी व्यापक अन्तरक्रिया र बहसको प्रक्रियामा जान्छौं। समाजवादी क्रान्तिको कार्यदिशा थप परिमार्जनसहित संश्लेषण गर्छौं।’
‘जनताको जनवादका आधारहरु’ पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट आन्दोलन स्वतन्त्रताको आन्दोलन भएको बताए।
उनले भने, ‘गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित पुस्तक अत्यन्तै उपयोगी छ। यसले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रम बुझ्न सहयोग मिल्नेछ।’ ज्ञवालीले दलाल नोकरशाही पूँजीवादमाथि विजय हासिल नगरी समाजवादमा पुग्न नसकिने बताए।
पुस्तकका सम्पादकद्वय गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाले नेकपाले संश्लेषण गरेको वैचारिक कार्यदिशाको बुझाइमा एकरुपता कायम गर्न पुस्तक सहयोगी हुने बताए। पुस्तक इण्डिको इन्क प्रकाशनले बजारमा ल्याएको हो।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...