×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध प्रधानमन्त्री ओलीको पहलकदमी

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनबाट आफ्ना नागरिक लग्ने जापान, अमेरिकालगायत देशको तयारी

Muktinath Bank

कोरोना भाइरस नियन्त्रण तथा चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले पहलकदमी लिएका छन् । आवश्यक परे विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । कोरोना संक्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार उच्चस्तरीय बैठक बोलाएका थिए । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईका अतिरिक्त मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव र विभागका महानिर्देशकहरू सहभागी थिए । संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, चितवन र लुम्बिनी क्षेत्रमा पनि उपचारको प्रबन्ध गर्ने, नाकाहरूमा थप सतर्कता अपनाउने एवं चीनमा रहेका नेपालीको उद्धार गर्न तयारी अवस्थामा बस्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवश्यक पर्दा विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्ने तयारी गरिएको मन्त्री ज्ञवालीले बताए । ‘अमेरिकाले मंगलबार आफ्ना नागरिकलाई चीनबाट लैजाने भन्ने जानकारी आएको छ, श्रीलंकाले पनि तयारी गरिरहेको भन्ने छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यस्तो अवस्थामा नेपालीलाई एअरलिफ्टिङ गरेर ल्याउनका लागि हामी पनि तयारी अवस्थामा छौँ ।’ तर, अहिले वुहान यात्रामै प्रतिबन्ध लगाइएकाले तत्कालै त्यहाँबाट मानिसलाई ल्याउन कठिन रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

वुहानमा रहेका ९६ जना विद्यार्थीसँग बेइजिङस्थित दूतावासले नियमित रूपमा सम्पर्क गरिरहेको पनि उनले जानकारी दिए । ‘विच्याट ग्रुप बनाएर दूतावासले विद्यार्थीसँग नियमित अपडेट लिइरहेको छ । बाहिरको हल्लाका कारण उनीहरू आतंकितजस्तो देखिएका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘तुरुन्तै उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । तर, परिआउँदा हामी तयारीमै छौँ ।’

Vianet communication
Laxmi Bank

यता, नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यसअघि नै भेटिएका एक संक्रमितको उपचार भइसकेको छ । ‘शंकास्पद नयाँ व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी अन्तिम रिपोर्ट आइसकेको छैन, तर भाइरस हुन सक्ने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘कोरोना भाइरसको उपचार गर्न काठमाडौंका अतिरिक्त चिनियाँ पर्यटक धेरै घुम्ने पोखरा, चितवन, लुम्बिनीमा पनि आवश्यक सतर्कता अपनाउन र आवश्यक परे उपचार गर्न अस्पताल तोक्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना भइसकेको छ । अन्य नाकामा पनि थप सतर्कता अपनाउने निर्णय भएको छ ।’ 

अमेरिकालगायत विभिन्न मुलुकले आफ्ना नागरिक फर्काउँदै
चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । उद्धारका लागि अमेरिकी सरकारले विशेष विमान वुहान पठाउन लागेको हो ।वुहानस्थित आफ्नो कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अन्य अमेरिकीलाई उद्धार गर्न अमेरिकी विमान मंगलबार चीन पुग्दै छ । त्यस्तै, फ्रान्स, जापान, अष्ट्रेलिया, बेलायत, मलेसिया, श्रीलंकालगायत मुलुकले पनि आफ्ना नागरिकलाई वुहानबाट उद्दार गरेर देश फर्काउन पहल सुरु गरेका छन् । वुहान सहरमा आवतजावत पूर्णतः बन्द गरिएकोले उद्धारको विकल्पबारे ती देशका अधिकारीले चीनस“ग छलफल गरिरहेका छन् । 

कोरोनाभाइरसका कारण उत्पन्न अवस्थाको पछिल्लो अपडेट
चीन 
कोरोना भाइरसका कारण चीनमा आइतवारसम्म ६० जनाको मृत्यु भएको छ । वुहानमा ५६ र अन्य सहरमा चार जनाको मृत्यु भएको हो । १९ सय ७५ जना संक्रमित भएका छन् भने २७ सयभन्दा बढीलाई निगरानीमा राखिएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।चीनले संक्रमण नियन्त्रणका उपायमा कडाई गरेको छ । यात्रामा प्रतिबन्धका कारण चीनका २० शहरका पा“च करोड ६० लाख प्रभावित भएका छन् । प्रधानमन्त्री ली खछियाङको नेतृत्वमा कोरोना भाइरस संकटकालीन टिम बनाइएको छ । 

अष्ट्रेलिया
अस्ट्रेलियामा चार व्यक्तिलाई कोरोना भाइरस भएको प्रमाणित भएको छ । चारैजना चीनबाट हालै अष्ट्रेलिया फर्केका नागरिक भएको त्यहाँका अधिकारीले जनाएका छन् । थप नागरिकहरूलाई समेत संक्रमण भएको हुनसक्ने प्रमुख स्वास्थ्य अधिकृतले जनाएका छन् । 
फ्रान्स
फ्रान्समा तीन जनालाई भाइरस लागेको प्रमाणित भएको छ । ती सबै हालै चीन भ्रमणबाट फर्केका थिए । ‘आइसोलेसन वार्ड’ मा राखेर उनीहरूको उपचार भइरहेको छ । थप मानिसलाई पनि भाइरसको संक्रमण भएको हुनसक्ने आशंका त्यहाँको सरकारको छ । 
जापान
जापानमा हालसम्म चार जनालाईे संक्रमण भएको समाचार संस्था एनएचकेले जनाएको छ । ती सबै चीनको वुहानबाट भर्खरै फर्किएका मानिस रहेको र एकजना वुहानकै बासिन्दा भएको पनि जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 
मलेसिया
मलेसियामा चारजनामा कोरोना भाइरसको संक्रमण भेटिएको र ती सबै मलेसिया भ्रमणमा आएका चिनियाँ नागरिक भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । 
नेपाल
नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थप दुईजना शंकास्पद व्यक्तिको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
सिंगापुर
सिंगापुरमा तीनलाई संक्रमण देखिएको र ती सबै वुहानबाटै आएको त्यहाँका अधिकारीले जनाएका छन् । तीमध्ये दुई सिंगापुरका र एक चिनियाँ नागरिक हुन् । 
दक्षिण कोरिया
दक्षिण कोरियामा हालसम्म तीनजनालाई कोरोना भाइरस संक्रमण भएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् । 
ताइवान
ताइवानमा हालसम्म तीन जनालाई कोरोना संक्रमण देखिएको छ । हङकङ र मकाउबाट आउनेले पनि स्वास्थ्य स्थितिसम्बन्धी घोषणा गरिएको फर्म भर्नुपर्ने भएको छ । 
थाइल्याण्ड 
थाइल्याण्डमा हालसम्म आठजना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । तीमध्ये पाँचजना उपचारपछि घर फर्किएको र तीनजनाको उपचार भइरहेको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । 
अमेरिका 
अमेरिकामा हालसम्म तीनजनालाई संक्रमण देखिएको छ । तीनजनाकै उपचार जारी रहेको र उनीहरूलाई राम्रो हुँदै गएको उसले जनाएको छ । 
भियतनाम 
भियतनाममा दुई जनालाई संक्रमण देखिएको छ । उनीहरूको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x