कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीका नाकाहरुमा सुरक्षाकर्मीको गस्ती बढेसँगै राजश्वमा वृद्धि भएको पाइएको छ ।
गस्ती बढेपछि अघिल्लो एक वर्षको तुलनामा यसवर्षको ६ महिनामै तेब्बर राजश्व वृद्धि भएको हो ।
जिल्लाको महेशपुर, भूजहवा, विस्नुपुरा, झोलनीपुरलगायतका नाकाहरुबाट चोरीका सामानहरु नेपाल भित्रिने गरेका छन् ।
मुल बाटो नभई चोरी बाटो भएर तस्करी बढेपछि त्यस क्षेत्रमा समेत सशस्त्र प्रहरीले पैदल र सवारीसाधनबाट गस्ती बढाएपछि चोरीका सामानहरु पक्राउ पर्न थालेका हुन् ।
ती नाकाहरुबाट लत्ताकपडा, मोटर पार्टससहित मेशिनरी सामान, पशुचौपायलगायतका सामानहरु नेपाल भित्रिने गरेका छन् ।
'मुख्य सडकमा निगरानी बढाएपछि तस्करहरुले चोरीको मार्ग प्रयोग गर्न थालेका थिए । त्यहाँ पैदल र सवारीसाधनको गस्ती बढाएपछि चोरीका सामानहरु धमाधम पक्राउ पर्न थालेका छन्,' सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले भने ।
गस्ती बढेपछि चोरी निकासीमा कमी आएको खनियाको दाबी छ । ‘विपद् व्यवस्थापनसँगै सीमा नाकाबाट हुने चोरी निकासी र अवैध पैठारीलाई प्राथमिकतामा राखेर काम गरिरहेकाछौं । हामी आफैं मात्र होईन भारतीय एसएसबीसँग सहकार्य गरेर संयुक्त गस्ती मार्फत तस्करीलाई रोक्ने गरेका छौं,’ उपरीक्षक खनियाले भने ।
अहिले सीमा नाकाहरुमा शसस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(बीओपी)को संख्या समेत थप्ने भएको छ । जिल्लाको भूजहवा, गेर्मी र सुस्ताको रामनगरमा बीओपी संख्या थप्नका लागि निर्णय भएको खनियाले जानकारी दिए ।
बीओपीको संख्या थपेपछि चोरी निकासीमा अझ बढी नियन्त्रण हुने उपरीक्षक खनियाले बताए । दिउँसो भन्दा बढी रातको समयमा भारतबाट लत्ताकपडा र मेशिनरी सामान भित्रिने गरेको सूचना आएकाले उक्त समयमा समेत गस्ती बढाइएको उनले जानकारी दिए ।
गस्तीका क्रममा सशसस्त्र प्रहरीले यसवर्षको साउनदेखि पुस मसान्तसम्म १ करोड ७४ लाखको सामान बरामद गरेर भन्सार कार्यालय बुझाएको जनाएको छ । गत आ.व.को एक वर्षमा ४६ लाख ६७ हजारको सामान बरामद भएर भन्सार पठाइएको थियो ।
गस्ती बढेपछि राजश्वमा समेत तेब्बरले वृद्धि भएको खनियाले बताए । चोरी निकासी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले समेत गस्ती संख्या बढाएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।
‘रातको समय र दिउँसो समयमा छुट्टा छुट्टै गस्ती परिचालन गरेपछि संभाव्य नाकाहरुबाट चोरीका सामान आउने क्रममा कमि आएको छ ।’ उपरीक्षक आचार्यले बताए । चोरी कार्यमा संलग्न व्यक्तिहरुको निगरानी बढाइएकाले अहिले उक्त कार्यमा कमी आएको आचार्यको दाबी छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...