×

NMB BANK
NIC ASIA

थरुहट नेता लक्ष्मण थारुले थरुहट क्षेत्रको अधिकारका लागि आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।

Muktinath Bank

थरुहट/थारुवान मोर्चा कैलालीले शनिवार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले फागुन १ गतेदेखि आफ्नै नेतृत्वमा धनगढीमा आमरण अनशनमा बस्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोर्चाका केन्द्रीय संयोजक समेत रहेका थारुले शान्ति र सद्भावको लागि फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेको बताए ।


Advertisment
Nabil box
Kumari

‘अब हामी अलिकति पनि बिचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी हामी आन्दोलनको घोषणा गरेका छौं । फागुन १ गतेदेखि मेरै नेतृत्वमा धनगढी आमरण अनशनमा बस्दैछौं । फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गर्छाैं । यदि त्यतिले भएन भने हामी फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्दैछौं,’ उनले भने ।

Vianet communication

खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम अध्यक्ष रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरूलाई अन्यायमा पारेको दुखेसो सुनाए ।

‘शासकहरूले हामीलाई, लक्ष्मण थारु जातिवादी भन्छन् । जातीय आन्दोलन गरेको भन्छन् तर जातीयता त सत्तामा बस्नेले एकल जातीय शासन चलाइरहेका छन् । हामी त शोषित वर्ग आफ्नो अधिकार र भाग मात्रै खोजेका हौं,’ उनले अगाडि थपे ।

आफूहरूलाई खसआर्य भनी एउटैमा राखेपछि अन्यायमा परेको बताउँदै उनले थरुहट आन्दोलनप्रति ऐक्यवद्धता जनाएको उल्लेख गरे । मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । 

माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतलाई जेलबन्दीको रिहाइको माग राखेको छ भने टीकापुर घटनावारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ । आफूहरूलाई सूचनाको अधिकारबाट वञ्चित गरिएको भन्दै संयोजक थारुले प्रतिवेदनहरू सार्वजनिक गरिनुपर्ने माग राखे ।

आन्दोलनपश्चात भदौ ८ गते कर्फ्यू तथा निषेधाज्ञाको क्रममा थारुहरूको घर, पसल तथा व्यावसायिक केन्द्र्रमा गरिएको आगजनी, लुटपाट तथा चोरीमा संलग्नलाई पक्राउ गरी कानूनी कारवाहीको माग गरेको छ ।

मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश आफूहरूलाई अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा १० जोड १ कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x