मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
धनगढी | चैत १०, २०८०
‘निन्द्रामा देखिने दृश्य सपना होइन, सपनाले त मानिसलाई सुत्न दिँदैन,’ यो भनाइ अन्तर्राष्ट्रियस्तरमै आफ्नो राम्रो छवि बनाएका नेपाली ‘मोटेभेसनल स्पिकर’ बीपी रेग्मीको हो । जीवन र जगतलाई सरल ढङ्गले बुझेका उनी कर्मले भाग्य झुक्ने बताउँछन् । ‘हामी मेहनत नै गर्दैनौँ । एकै पटकमा सफलता खोज्छौँ, त्यो सम्भव नहुँदा निराश बन्छौँ । अनि भन्छौँ– मेरो त भाग्यले नै साथ दिएन । दृढ सङ्कल्पसहित कर्ममा निरन्तरता भए सोचेभन्दा राम्रो नतिजा पाउन सकिन्छ,’ उनी भन्छन् ।
इच्छाशक्ति भए असम्भव केही नभएको बीपीको अनुभव छ । ‘हाम्रो समाजमा आफ्नो घर सानोभन्दा पनि छिमेकीको घर ठूलो भएकोमा चिन्ता हुन्छ । इष्र्या र डाहले ग्रसित छ समाज । यही सङ्कीर्ण सोचाइले व्यक्तिलाई माथि उठ्न दिइरहेको छैन,’ उनले भने । सफलताको शिखरमा पुगेका बीपीको विगत भने सम्झिन लायक छैन । तर ती क्षणहरू पनि उनी भुल्न चाहँदैनन् ।
पढ्न नसकेपछि भारततिर
लुम्बिनी प्रदेशको बागलुङ निलिखोसा–४ थापागाउँ (हाल काठमाडौं)का रेग्मी एक साधारण परिवारमा जन्मिए । जहाँ गरिबी व्याप्त थियो । ठूलो परिवार भएकाले खान लाउनै समस्या पथ्र्यो । स्कूलमा उनले साथीसँग मागेर किताब पढ्नु पथ्र्यो । वर्षदिनमा आउने चाडबाडमा समेत मिठो मसिनो खान र राम्रो लुगा किन्न सक्ने हैसियतमा थिएन रेग्मी परिवारसँग । बीपीलाई जसोतसो एसएलसीसम्म पढाएका उनका बुवाले अब पढाउन सक्दिन भने । तर बीपीलाई भने पढ्नु नै थियो । उनलाई एक थान जिन्सको पाइन्ट लगाउन साह्रै रहर थियो । त्यो पनि पूरा नहुने अवस्था थियो । यस्तो अवस्था आएपछि आफू भागेर भारततर्फ लागेको बीपीले सुनाए । ‘बुवाले पढाउन सक्नु भएन । यसपछि म घरबाट भागेर भारत गएँ । अङ्कल नाता पर्ने एक जनाले मलाई काम लगाइदिनु भयो । चिया पसलमा काम पाए । साबुनले भाडा माझेको पहिलो पटक देखेको थिए । त्यही जिम्मेवारी मेरो काँधमा आयो । चिप्लो साबुन लगाएका गिलासहरू हातबाट खसेर फुटे,’ कहालीलाग्दो विगत सम्झिँदै उनले भने, ‘यो बेला निकै डराएको थिएँ । मैले हातको प्रवाह नगरी सबै सिसा उठाएँ । हातभरी घाउ नै घाउ भयो । रक्ताम्मे थिए हात । म भने लुकेर रुँदै थिए । मालिक आएर निर्घात कुटपिट गरे । लात्तले हानेर नाक फुटाइदिए ।’
यसपछि त्यहाँबाट भागेर बीपी काम लगाइदिने अङ्कल भेट्न गए । उनका अंकलले पनि निकै तीता शब्द प्रहार गरे । वचन लगाए । भारतका गल्ली भौतारिनुबाहेक उनीसँग त्यो बेला विकल्प थिएन । अनि घर फर्किने निधो गरे । अङ्कलसँग तीन हजार रुपैयाँ मागे । तर उनले सहजै दिएनन् । ‘तेरा बुवाले बर्षाैअघि लगेको पाँच सय त तिरेको छैन । तैँले कहाँबाट तिर्छस् ? भन्दै अंकलले बचन लगाउनुभयो । मैले हारगुहार गरेपछि अन्तिममा कागज बनाएर उहाँले मलाई पैसा सापटी दिनुभयो । अनि म घर फर्किन रेल चढ्न गए,’ उनले भने ।
दाइजोको रूपमा ‘नोकर’ भएर लगियो
अब स्वदेशमै गएर पढ्छु र केही गर्छु भन्ने इख लिएर बीपी नेपाल फर्किँदै थिए । घर आउन रेल्वे स्टेसन गएका उनको यात्रा फेरि उतै मोडियो । एकजना दाइ नाता पर्ने व्यक्ति रेल्वे स्टेसनसम्मै भेट्न आए । उनले ‘नेपाल गएर के गर्छस् यतै काम गर्’ भन्ने सुझाव दिए । बीपी त्यतिसजिलै मान्ने अवस्थामा थिएनन् । तर बढी नै सम्झाएपछि उनले माने । ‘ती दाइले धेरै सम्झाउनु भयो । तेरो बुवाले पढाउन सक्ने होइन गएर के गर्छस् बरु म काम खोजिदिन्छु भन्नुभयो । मैले पढ्न मन भएको बताएपछि उहाँले पढ्दै काम गर्न मिल्न भन्दै सम्झाउनुभयो । यसपछि म उहाँको पछि लागे,’ उनले भने, ‘दिनभरि घरको काम गरेर फुर्सदको समयमा पढ्दै दैनिकी बित्थ्यो । त्यो समयमा मैले महिलाका सेनेटरी प्याडदेखि पेटीकोटसम्म पनि धोएको थिएँ ।’
हुर्किँदै गएकी मालिककी छोरी ठूली भइन् । उनको विवाह तय भयो । त्यहाँ दाइजोसँगै नोकर पनि उपहार दिने चलन थियो । मालिकले बीपीलाई नोकर बस्न जान भने । उनले सजिलै स्वीकार गरेनन् । मालिककी छोरीलाई उनले पढ्न दिने भए जान्छु भन्ने सर्त राखे । उनले ‘कोसिस करुङ्गी’ भनेपछि बीपी जान तयार भए । ‘मलाई धेरै आस जागेको थियो । पढ्न पाउँछु भन्ने, तर उहाँहरूले मलाई पढ्न दिनु भएन । यसपछि मैले लुकेरै कलेज भर्ना गरेँ । काम गर्दै पढ्दै गर्थे,’ उनले ती दुःखका दिन सम्झिए ।
स्नातक तहको पढाइ सकिएपछि बीपीले त्यो घर छोड्ने निर्णय गरे । ‘दिदी मलाई यहाँबाट पठाउने कि म भागेर जाऊँ’ भनेपछि उनकी मालिक्नीले पत्रिका देखाउँदै ‘यहाँ जागिर खुलेको छ’ भनिन् । ‘फारम भनेर काम गर ११ हजार तलब पाउँछौँ’ भनेर बिदाइ गरिन् ।
टार्गेट थियो ३ को, बिक्री गरे २७
नोकरको काम छोडेर कार्यालयमा काम गर्ने भन्दै निस्किएका बीपी पत्रिकाको सूचनाबमोजिम सम्बन्धित कम्पनीमा पुगे । तर सुरक्षागार्डले उनलाई भित्र छिर्न दिएनन् । यहाँ जागिर खानका लागि कोट, टाईसहित सुटमा आउनु पर्छ भनेर फर्काएपछि उनी स्थानीय चोर बजार छिरे । सेकेन्ड ह्यान्ड सामान किनेर उनी काम खोज्न गए ।
कम्पनीका म्यानेजरले उनलाई राम्रोसँग नियालेर ‘आपको क्या चाहिए’ भने । चन्चल स्वभावका बीपीले ‘पैसा चाहिए, बोलो काम क्या हे ?’ भनेपछि म्यानेजर एकछिन अल्मलिए । ‘सायद, पैसा चाहनेले राम्रोसँग काम गर्छ भन्ने उनको मनमा परेछ । उनले मलाई एक महिनापछि कार्यालयमा आउनु भने,’ बीपीले सुनाए । उनले पाएको सेल्सम्यानको काम थियो । तीनवटा भ्याकुम बेचिसक्नु पर्ने कम्पनीको टार्गेट थियो । ‘मैले तुरुन्तै कामको आवश्यकता भएको बताएपछि म्यानेजरले पर्सि आउ भन्नुभयो । अन्ततः मैले काम पाएँ,’ उनले थपे ।
बीपी भ्याकुम बेच्न गल्ली र टोल–टोलमा भौतारिन थाले । उनलाई जसरी पनि बेच्नु थियो । एउटै घरमा पाँच पटकसम्म पुग्थे उनी । उनीसँगै सामान बेच्न हिँडेका साथीहरूले ‘सरम करो यार इज्जतका भी ख्याल करो’ भन्थे । ‘काम गर्न लाज शरम कहिले मान्नु हुँदैन इज्जत भए पो जान्छ भन्ने प्रतिक्रिया दिँदै म निरन्तर काममा लाग्थे । अनेक तरिकाले कन्भिन्स न गर्थेँ । यसरी नै महिना बित्यो,’ उनी भन्छन् । बीपीलाई म्यानेजरले पाँचवटा मेसिन बेच्यौँ भनेर सोधे । तर उनले त्यो बेलासम्म २७ वटा मेसिन बेचिसकेका थिए । ‘यसपछि म्यानेजरले मलाई आफ्नै कारमा लगेर पिजा खुवाउनुभयो । ११ हजार भारू तलब दिने भनिएको थियो तर उहाँ खुसी हुँदै २७ वटा मेसिन बेचेबापत २७ हजार भारू तलब दिएर सेल्स डिपार्टमेन्ट प्रमुखको नियुक्ति दिनुभयो,’ ती दिन सम्झिँदै उनले भने ।
अनि बने मोटिभेसनल ट्रेनर
बीपीले भारतका विभिन्न शहरमा कम्पनीको व्यापार फैलाए । त्यही सिलसिलामा उनका एकजना भारतीय साथी डा. स्नेहदले नै मोटिभेसनल तालिममा सहभागी गराए । त्यो तालिमले उनको ध्यान खिच्यो । त्यसपछि दुई वर्ष उनी निरन्तर विभिन्न तालिममा सहभागी भए । उनको क्षमता अभिवृद्धि भयो । त्यही सिलसिलामा उनले इटालीबाट माइन्ड मास्ट्री गरे । त्यसपछि उनले प्रोफेसनल तालिम दिन पनि थाले । भारतका विभिन्न शहरमा प्रेरणामूलक ज्ञान फैलाउँदै उनी नेपाल आए । यहाँका विभिन्न जिल्ला र विश्वका करिब २० भन्दा बढी देशमा गएर उनले मोटिभेसनल कक्षा दिइसकेका छन् । ‘इन्डोनेसिया, मलेसिया, यूएई लगायतका विभिन्न देशमा कक्षा लिएको छु । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा मैले तालिम दिन्छु । तालिम लिएपछि सफलता मिलेको भन्दै धेरै जनाले फोन गर्नुहुन्छ खुसी लाग्छ,’ उनी भन्छन् ।
नेपालमा तालिम दिएबापत दैनिक रुपमा उनले एक लाख र बाह्य देशहरूमा जाँदा तीन लाख रुपैयाँ लिने गरेको उनी बताउँछन् । उनले दिने तालिममा बनावटी कुरा र उदाहरण प्रायः कमै हुन्छन् । उनीसँग आफ्नै जीवन भोगाइका प्रशस्त पीडासँगै खुसी छन् । असफलता र सफलता दुवै छन् । जीवनलाई कसरी चिन्ने, दैनिकी कस्तो बनाउने, लक्ष्य कस्तो लिने र उद्देश्य प्राप्तिका लागि कति मेहनत गर्ने तथा दिमागको स्मरण क्षमता कसरी बढाउने ? लगायतका जीवनपयोगी शिक्षासम्बन्धी सचेतना उनले फैलाइरहेका छन् ।
भाग्यमा होइन कर्ममा विश्वास
अन्तर्राष्ट्रिय मोटिभेसनलको छवि बनाएका बीपी भाग्यभन्दा बढी कर्ममै विश्वास गर्नुपर्ने बताउँछन् । भाग्य र कर्मसम्बन्धी सम्झनलायक कहानी उनको जीवनमा पनि छन् । एसएलसी दिए पछि बागलुङमा एक ज्योतिषीलाई उनले हात देखाए । एसएलसीपछि पढाइ र कमाएको पैसा बचाउन नसक्ने भाग्य रहेको सुनाएपछि निराश बनेका उनले हरेस भने खाएनन् । ज्योतिषीलाई मात खुवाउने गरी पढ्न अनि पैसा कमाउने रहर उनको मनमा पलाइसकेका थियो । लक्ष्यमा पुग्न अप्ठ्यारो समयमा पनि उनले मेहनतसँगै लगनशीलतालाई छोडेनन् । त्यसैले त अहिले उनी सफलताको हकदार बनेका छन् । ‘भाग्यमा विश्वास गरेको भए सायद म अहिले पनि जुठा भाँडा र फोहोर लुगा धोइरहेको हुन्थेँ होला । तर मैले कर्ममा विश्वास गरेर प्रतिकुल समयमा पनि अध्ययन छोडिन । अहिले मसँग स्नातकोत्तरसम्मको पढाइ र सन्तुष्ट हुने गरी बैङ्क खातामा रकम छ । भाग्य होइन कर्ममा ध्यान दिन सफल भइन्छ त्यसको एक उदाहरण म आफैँ हो,’ उनले भने ।
एसएलसीपछि भारतमै अध्ययन गरेका बीपी दिल्लीस्थित सोसल युनिभर्सिटीबाट विद्यावारिधि (पीएचडी) गर्दैछन् । ‘असम्भव केही छैन । संसारमा इच्छा शक्ति भए सबै गर्न सकिन्छ नामका अगाडि डा लगाउने धोको थियो, अब त्यो पूरा हुँदैछ,’ दार्शनिक शैलीमा उनले भने ।
उत्प्रेरणामूलक तालिम दिँदै आइरहेका बीपी ‘माटो बचाऔँ अभियान’का अभियन्ता पनि हुन् । उनकै नेतृत्वमा पाँच जिल्लामा यो अभियानले सार्थकता पाएको छ । ‘प्राय शनिवार मोटिभेसनल तालिमहरू आयोजना हुन्छन् । त्योबाहेक म यो अभियानमा सक्रिय छु ।स् थानीय तह, विद्यालय तथा क्याम्पसहरूमा पनि माटो जोगाऔँ अभियानका बारेमा जानकारी दिँदै आएका छौँ,’ उनले थपे । २०८० बाट शुरू भएको अभियानमार्फत अहिले एक लाख किसानले निःशुल्क सेवा पाइसकेका छन् ।
अनौठो बानी देख्दा श्रीमती अचम्मित
विसं २०७२ सालमा नेपाल फर्किएका बीपी देशभरका विभिन्न सङ्घ–संस्थाले आयोजना गर्ने मोटिभेसनल तालिमहरूमा सहभागी भइरहन्थे । त्यही सिलसिलामा सहभागीमध्येबाट उनलाई प्रेम प्रस्ताव आयो । उनले पनि असाध्यै मन पराएपछि त्यो सम्बन्ध बिहेमा परिणत भयो । बीपीका अनौठा बानी देखेपछि उनकी जीवनसंगीनी अचम्ममा पर्थिन् । ‘म बिहान उठ्ने बेलादेखि साँझ सुत्नुभन्दा अघिसम्म त्यहाँ रहेका मेरा सम्पत्तिहरू (घरका भित्ता–गाडी लगायत)लाई ‘चुम्मा’ गरिरहन्थे । उनी मेरा गतिविधि हेरेर टोलाउँथिन् । आमालाई सबै कुरा भन्ने उनले मेरा स्वभावबारे पनि भन्न भ्याइछिन् । तर अहिले सबै कुरा बुझेपछि उनी मलाई उल्टै चुम्मा गर्छिन्,’ उनले हाँस्दै भने ।
माया व्यक्तिसँग मात्र हुने कुरामा बीपीको विमति छ । आफूले देखेको सपना र लिएको लक्ष्यसँग ‘लभ’ परेमा त्यहाँ अवश्य सफलता पाइने उनी बताउँछन् । ‘जीवनमा के गर्ने भन्ने लक्ष्य लिनैपर्छ । अनि त्यसलाई पूरा गर्न जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिइरहनुपर्छ । यसपछि सफलता अवश्य पाइन्छ,’ उनले कुरा टुंग्याए ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...