मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको छ । कैलालीको टीकापुरमा आज बसेको पार्टीका संस्थापकको बैठकले अहिले सङ्घ र प्रदेशमा जे जस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको बैठकपछि पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । उनले भने, “अहिलेलाई जहाँजस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको छ, सत्ता सहकार्यका सवालमा पार्टीको ‘पोजिशन’ स्पष्ट भएमा पछि सङ्घ र प्रदेशमा एकै धारणा बनाएर जान्छौँ ।”
नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको हालको सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले हालै गरेको थियो ।
पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीका संस्थापक सदस्यको आज टीकापुरमा बैठक बसेको प्रवक्ता पण्डितले बताए। प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीले भने पार्टीको टीकापुरमा बैठक बसेर गरेको भनिएको निर्णय झुठो रहेको बताए ।
पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकका लागि सबैलाई पत्राचार गरेको भए पनि कोही बैठकमा नगएको जानकारी दिँदै उनले भने, “टीकापुरमा आज केही भएको छैन, पार्टीबाट मन्त्री भएका धनगढीमै हुनुहुन्छ ।” पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा देखिएको मतभेदले पार्टीमा समस्या उत्पन्न भएको सो पार्टीका कार्यकर्ताको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभामा सात सदस्य छन् । सातमध्ये पाँच मन्त्री छन् । ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । एक पद रिक्त छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका मन्त्रीलाई पदमुक्त गरेका थिए । लगत्तै मुख्यमन्त्रीले नागरिक उन्मुक्तिका थप चार जनालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । रासस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...