×

NMB BANK
NIC ASIA

बागमती प्रदेशमा थपिए ६७ करोडका योजना

हेटौंडा | बैशाख २, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि रु ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउनका लागि गत चैत १२ र २० गते दुईपटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली प्रविष्ट गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले बताइन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आर्थिक मामिला मन्त्रालयले अर्थ विविध शीर्षकमा रहेको बजेटबाट खर्च गर्न सकिने गरी योजना कार्यान्वयनका लागि पत्राचार गरेको जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

'भइपरी आउने भनी राखिने विविध शीर्षकको रकमबाट खर्च गर्ने गरी योजना थप भएका छन्', रिमालले भनिन्, 'मन्त्रालयबाट प्रणालीमा योजना थपिएपछि बजेट उपलब्ध गराउँछौं ।' थपिएकामध्ये रु ३२ करोडको पूर्वाधारका योजना रहेको उनले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार एक सय ६३ योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी रु ३२ करोडको योजना थप भएर आएको छ ।

थप गरिएका योजना कुलो, मन्दिर, आर्यघाटदेखि सडक निर्माणसम्मका रहेका छन् । सबै योजना भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ, पर्यटन, उद्योग तथा सहकारी, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन् । भौतिकमा सडक स्तरोन्नति तथा निर्माण, भवन, कुलो, कल्भर्ट, मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना थपिएका छन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन् ।

पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम, गुठी, पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नति, बाल उद्यान निर्माण गर्नेलगायत योजना थप भएको समितिको प्रतिवेदनमा जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयमा वितरणमुखी बजेट थप भएका छन् । लक्षित वर्गका लागि तालिम, गोष्ठी, सेमिनार, जनचेतनामूलक कार्यक्रम समावेश छन् । साथै विद्यालय सभाहल, शौचालय निर्माण, साना खेलका पूर्वाधार, फर्निचर खरिदलगायत योजना पनि थपिएका छन् ।

वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा पर्खाल निर्माण, शिवपुरी जङ्गल सफारीका लागि पूर्वसम्भाव्यता अध्ययन गर्ने, रानीवनमा टुरिजम पार्क बनाउनेलगायत साना योजना समावेश छन् ।

आर्थिक मामिला मन्त्रालयसँग अर्थ विविध शीर्षकमा रु चार अर्ब २६ करोड ५० लाख तीन हजार ८५ बजेट छ ।

जसमध्ये चालूतर्फ रु तीन अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ र पुँजीगततर्फ रु ९९ करोड ३६ लाख २० हजार बजेट रहेको मन्त्रालयका उपसचिव रिमालले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x