×

NMB BANK
NIC ASIA

सलमानको घरबाहिर ‘फायरिङ’को असरः शाहरुखलाई पनि उच्च सुरक्षा

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Premier Steels

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Muktinath Bank

केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फायरिङ भएको थियो । उनलाई ‘तर्साउन’का लागि दुई व्यक्तिले चार राउन्ड फायरिङ गरेका थिए । सलमानलाई लामो समयदेखि पटक–पटक ज्यान लिने धम्की आइरहेको छ । फायरिङ गर्ने दुई व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस घटनापछि सलमानको सुरक्षा उच्च बनाइएको थियो । यो घटना भएको केही दिन नबित्दै अर्का अभिनेता शाहरुखको सुरक्षा पनि उच्च पारिएको छ । 


Advertisment
Nabil box
Kumari

शाहरुख व्यावसायिक क्रिकेटसँग पनि जोडिएका अभिनेता हुन् । यस क्रममा उनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो टीम कोलकाता नाइट राइडर्सको समर्थन गर्न चार दिनअघिदेखि कलकत्तामा थिए । सम्भावित खतरालाई मध्यनजर गर्दै उनी बुधवार बेलुका मात्र कडा सुरक्षाबीच बाहिर निस्किएका छन् ।

Vianet communication

शाहरुखको फ्यान क्लबले एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा उनलाई सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीले सुरक्षा दिइराखेका छन् । शाहरुखको गाडीलाई ती सुरक्षाकर्मीले चारैतिर घेरेर हिँडाएका छन् । यसक्रममा शाहरुखले आफ्ना समर्थकलाई अभिवादन गरेको देख्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x