कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बिहीवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ गराएका हुन् । सोडारी बिहीवार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री सोडारीलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को १०–१०, एकीकृत समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सातमध्ये दुई र एक स्वतन्त्र गरेर २७ जनाको समर्थन छ । सो सङ्ख्या सुदूरपश्चिम प्रदेशसभाको बहुमत हो । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सदस्य रहेका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए । उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए ।
यसैबीच एमालेको सुदूरपश्चिम संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।
‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ । अर्को निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ,’ उनले भने ।
यस्तै माओवादी केन्द्रले पनि सरकारमा मन्त्री पठाउन हतार नगर्ने जनाएको छ । पार्टीभित्र वृहत् छलफल गरेर सरकारमा मन्त्री पठाउने तयारी सुदूरपश्चिमको माओवादी केन्द्र संसदीय दलको छ ।
नाउपाका दुईजना प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापालाई मन्त्रीको शपथ खुवाउने तयारी थियो । समर्थन गर्नुअघि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिने र थापालाई बिना विभागीय मन्त्री बनाएर शपथ खुवाउने भनिएको थियो । तर शपथ ग्रहणका बेला दवैलाई बिना विभागीय मन्त्री बनाउने कुरा आयो । यसपछि दुवैले मुख्यमन्त्रीको शपथग्रहण समारोह बहिस्कार गरेर बाहिरिएका थिए ।
यसैबीच मुख्यमन्त्री सोडारीले बिहीवार साँझ नै पदभार ग्रहण गरिसकेका छन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...